बागलुङ, २७ चैत- चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा जैमिनी संकिर्तन समुहले प्रथम स्थान हासिल गरेको छ । मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगितामा १६ टिम सहभागी भएकोमा जैमिनी संकिर्तन समुह जैमिनी प्रथम भएको आयोजकले जनाएको छ । प्रथम भएर ५१ हजार रुपैया नगद पुरस्कार प्राप्त गरिएको समुहका अध्यक्ष टेक बहादुर क्षेत्री (संगम) ले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण समिती कास्की दोश्रो, अमर मावी बिहुँ को भजन समुह तेश्रो र पञ्चासे भजन समुह कास्की सान्तवना भएका छन् ।
।





