शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट र ताराखोलाको साझा सामुदायिक सञ्चाररुपमा रेडियो गलकोट

गलकोट र ताराखोलाको साझा सामुदायिक सञ्चाररुपमा रेडियो गलकोट


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७५, बिहिबार

गलकोट ,२८ चैत – गलकोट सुचना तथा सञ्चार सहकारी संस्था र ताराखोला सामुदायिक संचार संस्था बिच सञ्चार ब्यबस्थापनको लागी एकता बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले गलकोटमा सञ्चालित सामुदायीक रेडियो गलकोटको क्षेत्रबिस्तार गरि साझा पहिचहानका लागि गलकोट नगरपालिका र ताराखोला गाउपालिका द्धारा प्रबद्धित सामुदायिक रेडियोको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अवसरमा ताराखोलाका सबै गतिबिधि र गलकोट नगरपालिकाका सबै गतिबिधिलाई समान महत्वका साथ प्रसारण गर्ने दुवै संस्थाबिच सहमति भएको छ ।
आगामि दिनमा ताराखोला सामुदायिक संचार सस्था र गलकोट सूचना तथा सञ्चार सहकारी सस्थाले आपसमा संस्थागत बिधान बमोजिम सहकार्य गरि दुवै पक्षले सञ्चार सबलिकरणका लागी कार्यक्रम अगाडि बढाउने घोषणा गरेका छन । कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारी सस्थाका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठ, सदस्य ढालिन्द्रप्रसाद गौतम, रेडियो गलकोटका स्टेशन प्रमुख घनश्याम गौतम, ताराखोला सामुदायिक संचार सस्थाका अध्यक्ष रबिन घर्ति, उपाध्यक्ष खडक कार्की, लेखा समिति संयोजक पुर्णलाल ढकाल, सल्लाकार पुर्णभन्द्र न्युरे र वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर बस्नेतले दुई सस्थाबिच सहकार्य गर्दा सञ्चार सस्थाको सबलीकरण पुग्ने फाईदा र सञ्चारप्रति स्थानियको जागरण लगाएतको बिषयमा धारणा ब्यक्त गरेका थिए । सो अवसरमा दुर्वै संस्थाबिच सहकार्य गरि साझा रेडियोको रुपमा सामुदायिक रेडियो गलकोट एफ एम सञ्चालन गर्ने, सम्मान बुझाई कायम गरि अगाडि बढने, ताराखोला सामुदायिक सञ्चारको आम्दानी, सम्पति, ऋण तथा लगानीलाई साझा स्वामित्वमा लैजाने, आगामी दिनमा सामुदायिक रेडियो गलकोटलाई गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाको साझा सञ्चार सस्थाको रुपमा सञ्चालन गर्ने लगाएतका बिषयमा सहमति भएको छ ।
कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारीको अवस्थाको बिषयमा अध्यक्ष गुमानसिँह बुढाथोकी र ताराखोला सञ्चारको तर्फदेखि सचिव कृष्ण कडेलले प्रष्ट पारेका थिए । एकता बैठक गलकोट सूचना तथा सञ्चार सहकारी सस्थाका अध्यक्ष गुमानसिह बुढाथोकिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->