शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेकपाको संगठन विस्तार दगातुन्डाडा र गल्कोटमा चल्दै

नेकपाको संगठन विस्तार दगातुन्डाडा र गल्कोटमा चल्दै


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७५, शुक्रबार

बागलुङ,२९ चैत -नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का गण्डकी प्रदेश सदस्य सुनिल शेरचनले कार्यकर्ताहरुलाई समृद्धिको अभियानमा लाग्न आह्वान गरेका छन  । नेकपाले वडिगाड गाउँपालिका वडा नं। १ तुन्डाडामा राखेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शेरचनले कम्यूनिष्ट पार्टि विचको एकताले विश्वलाई नयाँ सन्देश दिएको भन्दै अव आर्थिक क्रान्तिको वाटो कम्यूनिष्टले नै तय गर्ने बताए। भेलाले रेम बहादुर भुजेलको संयोजकत्वमा २९ सदस्यिय नयाँ कमिटिको गठन गरेको छ जसको सचिवमा ढाल वहादुर सुनार रहेका छन। त्यस्तै टेक वहादुर वुढाथोकीको संयोजकत्वमा ७ सदस्यिय सल्लाहकार समितिको पनि गठन गरेको छ। कार्यक्रम रेम वहादुर भुजेलको अध्यक्षता, ढाल वहादुर सुनारको स्वागत मन्तव्य तथा दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो। चैत्र २२ गते वडिगाड स्तरीय कमिटिको गठन गरेपछि वडा संगठन कमिटिको गठनलाई तिव्रता दिइएको हो।
त्यस्तै गल्कोट नगरपालिका वडा नं- ११ रिघामा पनि अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले श्याम विकको अध्यक्षतामा २३ सदस्यिय नयाँ कमिटिको गठन गरेको छ। कमिटिको सचिवमा पूर्ण थापा राकस्कोटी लगाएत रहेका छन। कार्यक्रममा प्रस्तावित प्रदेश सदस्य गंगा भुजेल, नगर कमिटि सचिव डम्बर श्रीस, पूर्व कमिटि संयोजक नर वहादुर घर्ति, नगरकमिटि सदस्य धन वहादुर पुन, जिल्ला समन्वय समिति सदस्य रुपा विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम नर वहादुर घर्तिको अध्यक्षता, धिरेन राजवंशिको स्वागत मन्तव्य तथा श्याम विकको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->