शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गोलकोतमा चैते दशै मेला ,भलिबलको उपाधि गलकोट सप्लायर्सलाई

गोलकोतमा चैते दशै मेला ,भलिबलको उपाधि गलकोट सप्लायर्सलाई


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७५, शनिबार

गलकोट ,३० चैत –  गलकोट नगरपािलकाका मेयर भरत शर्मा गैरले गलकोटको कोतको एैतिहासिक महत्ब झल्कीने गरि योजना निर्माण गर्नुपर्ने बताए । गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चको २५ औ बार्षिकोत्सब तथा चैते दशै मेलाको अबसरमा बोल्दै गैरेले गोलकोतको पुरातात्विक तथा ऐतिहासिक पक्षको संरक्षणको लागि नगरपालिकाले सधै सहकार्य गर्न तयार रहेको बताए । उनले गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चले गलकोटको सस्कृतिको संरक्षणमा खेलेको भुमिकाको प्रशसा गरे।  गलकोट क्षेत्र आफैमा सास्कृतिक तथा पर्यटकीय क्षेत्र भएकोले यसको बिकासको लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए।

मेलाको अबसरमा आयोजित नयाँ संरचनाको बाड स्तरीय पुरुष भलिबल प्रतियोगतामा गलकोट सप्लायर्स एण्ड होम डेकोरेशनले गलकोट स्पोर्टस हाउस हटिया लाई पराजित गर्दै बिजयी बनेको छ । उपाधी बिजेताले नगद ४१ हजार प्राप्त गरेको खेल सयोजक रबिन बोहोराले जनाकारि दिए। त्यस्तै सामूहिक लोक नृत्य प्रतियोगितामा गलकोट सास्कृतिक नृत्याङ्गना गलकोट माध्यमीक बिद्यालय प्रथम,रोयल डान्स कल्ब हटिया दित्तिय र गोलडेन फ्युचर बोडिङ स्कुल डाडाखेत तृतिय भएका थिए। कार्यक्रममा गलकोट नगरपालिका – ३ को महिला जागरण केन्द्र हटिया, कोतमैदान आमा समुह, बोहोराफाँट आमा समुह, जनजागृतिथ आमा समुह लगाएतले घुम्टे साईला, सालैजो,रत्यौलि गित प्रस्तुत गरेका थिए ।

चैतेदशै मेलाको अबसरमा कलाकार निसा श्रीस, रेशम निर्दोश, बिमल भण्डारी चिना थापा, संगित प्रेमी रिमा बस्नेत लगाएतका कलाकारले सांगितीक प्रस्तुति दिएका थिए । कार्यक्रम गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता,उपाध्यक्ष फम बहादुर खत्रीको स्बागत तथा सचिब गुञ्ज बहादुर खत्री र सहसचिब गगन कुवरको सञ्चालनमा सम्पन्न भएको थियो । मेलामा गलकोट नगरपालिका – ३ हटिया कोटमैदानमा बसोबास गर्ने स्थानिय गन्दर्भ जातिले सराय नाँच प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->