शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रदेशको विकास वायुपंखी घोडाझैं : मन्त्री लम्साल

प्रदेशको विकास वायुपंखी घोडाझैं : मन्त्री लम्साल

बागलुङ कालिका मन्दिरमा आयोजित चैतेदसैं मेलाको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७५, शनिबार

बागलुङ, ३० चैत – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउने बताएका छन् । बागलुङ कालिका मन्दिरमा आयोजित चैतेदसैं मेलाको उद्घाटन गर्दै पर्यटनको माध्यमबाट बढी आम्दानी गर्ने र विकासलाई तीव्रगतिमा दौडाउने प्रदेश सरकारको कार्यक्रम रहेको दाबी गरे ।
‘अहिलेसम्म हामीले कानुन बनाउन समय खर्चेका थियौं, अब कार्यान्वयन र विकास निर्माणमा लगाउने भनेका छौं’ लम्सालले भने, ‘अबको विकासको गतिलाई कसैले रोक्न सक्दैन ।’ उनले गण्डकी प्रदेश धार्मिक र साहसिक पर्यटनबाटै समृद्धिमा जान सक्ने बताए ।
गण्डकी प्रदेशका धेरै धार्मिकस्थलमा आएका पर्यटकलाई दालभात खुवाउने मात्र नभई एक/दुई दिन बसाल्ने योजना बनाउन सकियो भने व्यवसाय फस्टाउनेसमेत उनले बताए । ‘बागलुङ कालिकालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर गन्तव्यमा सूचीकृत गरेको छ’ लम्सालले भने, ‘हरेक गन्तव्यलाई व्यवस्थापन गरेर बढी फाइदा लिनका लागि स्थानीय जाग्नुपर्छ ।’ पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।
मन्त्री लम्सालले ढोरपाटन सिकार आरक्ष रहेको स्थानलाई पर्यटनको गन्तव्य बनाएर पर्यटक थप्न मन्त्रिपरिषद्‌को बैठकसमेत बस्ने योजना बनाइएको बताए । ‘चालु वर्षकै कुनै क्याबिनेट बैठक ढोरपाटनमा बस्छ’ उनले भने, ‘देश विदेशमा प्रचार बढाएर पर्यटक भित्र्याउने योजना सरकारको छ ।’ ढोरपाटनमा सुविधासम्पन्न होटलहरु बनाउनका लागि पनि सरकारले सहयोग गर्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->