मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा र बागलुङ बजारमा शंकास्पद बस्तु फेला

पोखरा र बागलुङ बजारमा शंकास्पद बस्तु फेला


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा ,५ बैशाख – गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ । त्यसै गरि जिरोकिमी नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बागलुङ जिल्ला सदरमुकाम स्थित शिवधारा चोकमा फेला परेको  शंकास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधारा चोक स्थित होटल शितलको पेटीमा एक मिटर लामो जिआइ पाइपमा खतरा लेखेर दुईवटा तार जडान गरी राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->