शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

असिनापानीले तरकारी बालीमा क्षति, किसान चिन्तित

असिनापानीले तरकारी बालीमा क्षति, किसान चिन्तित


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०७६, शुक्रबार

बागलुङ, ६ बैशाख– वर्षभरि खाने आलुबाली असिना पानीले नष्ट गरेपछि बागलुङको जैमिनी नगरपालिका–३ दमेकका किसान चिन्तित छन् । मुख्य नगदे बालीका रुपमा दमेकको नौला, दवदवे, रानीबासे, दह देउराली र खर्कलगायत स्थानमा किसानले लगाएको आलुबालीमा गत चैत २९, ३० र वैशाख १ गते परेको असिनापानीले ठूलो क्षति पु¥याएकोे वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताए । आलु र मकै खेतीमात्रै हुने उपल्लो दमेकमा असिना पानीले झण्डै ३५० परिवारको लाखौँ मूल्य बराबरको बालीमा क्षति पु¥याएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए ।

यहाँको आलु स्वादिष्ट हुने भएकाले किसानले व्यावसायिकरुपमा नै आलु खेती गर्दै आएका थिए । “यहाँका समान्य किसानले समेत वर्षमा दशमुरीभन्दा बढी आलु फलाउने गरेका छन्”, वडाध्यक्ष छन्त्यालले भने, “आलुबालीसँगै बारीमा लगाइएको भटमास, सिमी, मकै, बन्दाकोेभी, काउलीलगायत तरकारी बालीमा समेत ठूलो क्षति पु¥याएकाले यो वर्ष सबैको रोजीरोटी असिना पानीले खोसेको छ ।”

“आलु र मकैले भरिभराउ हाम्रो बारी मरुभूमिजस्तै भएको छ”, वार्षिक ३० मुरी आलु बिक्री गर्दै आएकी किसान पवित्रा क्षेत्रीले भनिन् “आलु बेचेर किनेको खाद्यान्नले छाक टार्दै आएका हमीले अब के खानु ।” असिनापानीको क्षतिबारे यकिन भइनसकेको वडा कार्यालयले जनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख रानासहितको समूहले प्रभावित क्षेत्रको अनुगमन गरेको र क्षतिको लगत सङ्कलन भइरहेको वडाध्यक्ष छन्त्यालले बताए।
आलुबालीमा पुगेको क्षतिका कारण चिन्तामा रहेका किसानलाई नगरपालिकाले उपलब्ध गराउने राहतले मात्रै प्राप्त नहुने भन्दै उक्त नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग समेत राहतका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->