पोखरा ,६ वैशाख – हरेक अफ्ठ्यारा हरुलाई सहज रुपमा नै म सामना गर्न सक्छु भन्ने भाव जगाउन युनाईटेड क्लवले आफ्ना पादाधिकारी तथा क्लव वरपर रहेका विभिन्न ब्याक्तिहरुलाई उत्प्रेरण तालिम प्रदान गरेको छ । क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत शुुक्रबार उत्प्रेरण तालिम प्रदान गरेको हो ।
क्लवमा आवद्ध तथा पोखरा महानगर वडा नम्बर १० भित्र रहेका विभिन्न टोलविकास तथा महिला समुहहरुका पदाधिकारीहरु सहभागी तालिममा बिकास गुरुङले प्रेरणादायी भनाइहरु मार्फत सहजीकरण गरेक थिए । क्लवमा रहेका पदाधिकारी, आजीवन सदस्य र साधारण सदस्य संगै क्लव वरपर रहेका विभिन्न ब्याक्तिहरुलाई पनि हरेक अफ्ठ्याराहरुलाई सहज रुपमानै म सामना गर्न सक्छु भन्ने भाव जगाउनका लागी क्लवले आफ्नो वार्षिकोत्सवको अवसर पारी एकदिने उत्प्रेरण तालिम प्रदान गरिएको क्लवका सदस्य तथा उत्प्रेरण कार्यक्रमका संयोजक पूर्ण श्रेष्ठले वताए । उक्त कार्यक्रममा ६५ जनाको सहभागीता रहेको र कार्यक्रममा सिकेका र सुनेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा जीवनमा परिवर्तन हुने कुरा तालिममा सहभागीहरुले वताएको समेत संयोजक श्रेष्ठले वताए ।
युनाईटेड क्लवले नवौ वार्षिकोत्सवको अवसर पारी गत वैशाख १ गतेदेखी साताब्यापी कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कामहरु गरेको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । गुरुङका अनुसार क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी हस्पिटलमा आर्थिक अभावमा उपचारमा कठिनाइ ब्यहोरिरहेका ६ जना विरामीलाई आर्थिक सहयोग, कुष्ठ प्रभावित ब्याक्तिहरुलाई खाद्यान्न वितरण, विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री तथा खेलकुद पोशाक वितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।





