मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बागलुङमा राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ

बागलुङमा राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

बागलुङ ,६ बैशाख -बागलुङ बजारबाट राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ परेका छन। राप्रपाको संविधान जलाउने कार्यक्रम सुरु हुनु अघिनै प्रहरीले हस्तक्षेप गरी उनिहरुलाई पक्राउ गरेको हो ।
राप्रपाका जिल्ला सचिव बिष्णुप्रसाद सापकोटा, क्षेत्रिय अध्यक्ष हेमराज पन्त, नगर अध्यक्ष इश्वर राजभण्डारी, राप्रपाको विद्यार्थी संगठनका अध्यक्ष हरिबहादुर भण्डारी, जिल्ला सदस्यहरु सञ्जय खड्का, धनबहादुर कार्की, केदार कँडेल, तथा विद्यार्थी संगठनका सदस्य सुर्यप्रसाद सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता खारेजको माग गर्दै संविधान जलाउने कार्यक्रम राखेको थियो ।
राप्रपाले देशव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय बागलुङमा एक घण्टा धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->