गलकोट ,७ बैशाख -गलकोट नगरपालिका ३ हटियाका हेम बहादुर खत्री घरमा आगलागी हुदा लाखौको क्षति भएको छ । शनिबार साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टा पछि नियन्त्रममा आएको थियो ।आगालागी बाट घर जलेर पुर्ण रुपमा नष्ट भएको छ भने उत्त घर संगैं जोडिएको तुलसि साहानीको घरको छानो समेत भत्कीएको प्रहरी चौकी हटियाले जानकारी दिएको छ। आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् । ३ तला रहेको उत्त घरको पहिलो तलमा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए । आगो नियन्त्रणमा जनप्रतिनिधी,प्रहरी, लगाएतको सहभागिता रहेको थियो । आगो नियन्त्रण हुने क्रममा उत्त घरको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले स्थलगन अबलोकन गरेका छन । आगोलागीबाट बाट करिब २० लाखको क्षति भएको प्रहरी चौकी हटियाले जनाएको छ ।





