शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अपडेट–बिहुँमा बस दुर्घटना १ को मृत्यु ७ जना घाईते

अपडेट–बिहुँमा बस दुर्घटना १ को मृत्यु ७ जना घाईते


  • Dhorpatan News
  • बैशाख ८ २०७६, आइतबार
बागलुङ , ८ बैशाख–काठेखोला गाउँपालिका–५ बिहुँमा आईतवार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा काठेखोला गाउँपालिका ८ का ६४ बर्षिय गंगा बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए । घाईते मध्ये काठेखोला गाउँपालिका–८ कि १७ बर्षिया संगीता बिकको अवस्था गम्भिर रहेको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ का सफलता बिक, ज्योती सुनार, चन्द्रबहादुर सुनार र आरती सुनार समान्य घाईते भएको उपरिक्षक शर्माले जानकारी दिए । ताराखोला गाउँपालिका १ माझखर्कबाट उक्त बस जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी आउँदै गरेको थियो । ध १ ख ४६८ नम्बरको उक्त बस बिहुँको भ्युटावर नजिकै दुर्घटना भएको हो । दुर्घटना लगत्तै सबै घाईतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल ल्याईएर उपचार गराईएको छ । बस सडक भन्दा १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->