बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पिसटाउनमा गिता थापा

पिसटाउनमा गिता थापा


  • Dhorpatan News
  • बैशाख ९ २०७६, सोमबार

पोखरा, ९ बैशाख – लायन्स क्लव अफ पोखरा पिसटाउनको हालै सम्पन्न अधिबेशनले बर्ष २०१९ र २०२० का लागि प्रथम उपाध्यक्ष गिता थापाको अध्यक्षतामा नयां कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ । प्रथम उपाध्यक्षमा सरला तिमलसिना, द्धितिय उपाध्यक्षमा शोभा पौडेल अधिकारी, र तृतिय उपाध्यक्षमा सिता तिमलसिना र सचिवमा शोभा आर्चाय कोषध्यक्षमा कान्ती पौडेल र अन्य सदस्यहरुमा क्रमश ः पिआओमा शुष्मा कुवर, टेलटुईष्टरमा माया नेपाली, टेमरमा क्रान्ती पौडेल,मेम्बरसिप चियर पर्शनमा ममता पौडेल र एल.सि.आई एफ कोर्अडीनेटरमा पूव अध्यक्ष डा बिनिता कोईराला शर्मा भएकी छन् ।
हालै भएको अधिबेशनमा पूर्व अध्यक्षहरु सबिता बराल, उषा क्षेत्री, सिता कोईराला र डा. बिनिता पछि गीताको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष गीता थापाले आफ्नो क्लव मार्फत असाहाय तथा पीडितहरुको सेवा गर्ने बताइन् ।
बर्ष २०१८ र ०१९ का अध्यक्ष डा. बिनिता कोईरालाले महिलाहरुका लागि चेतनामुलक कार्यक्रम र बृहद जन स्वास्थ्य शिबिर संचालन गरेको थियो । त्यसैगरी महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम समेत संचालन गर्नुका साथै सरकारी बिद्यालयमा स्टेशनरी बितरण, र्साजनिक स्थानमा बृक्षारोपण र न्याना कपडाहरु समेत प्रदान गर्दै आएको बताईन उनले भनिन् समाजमा केहि गरौं भन्ने भावनाले लायन्स क्लवको स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->