बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

उपप्रमुखसंग महिला कार्यक्रम

उपप्रमुखसंग महिला कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७६, सोमबार

पोखरा, ९ बैशाख – विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले पोखरा महानगरका उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो । पोखरा महानगरपालिका वडा नम्वर ८ मा रहेको एयरपोर्ट टोल विकास संस्थाको आयोजनामा उपमेयसंग महिला कार्यक्रम मार्फत तीन महिने शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गरिन् । उनले हिजो विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका आमा दिदिबहिनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले शिक्षा सिकाई भएकाले मानिसले जन्मदेखि मृत्यु नहुदाँसम्म जारी रहने र कहिल्यै अन्त्य नहुने बताउदै सिक्न हिचकिचाउन नहुनेमा जोड दिइन् । उनले शिक्षाको कारण महिला पछाडी परेको बताइन् ।

उनले गहना र कपडा लगाउनेमा प्रतिस्पर्धा भन्दा शिक्षा सिकाईमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । उनले अहिले प्रविधिको जनामा भएको बताउदै त्यही अनुसार आफुलाई परिमार्जित गर्न आग्रह गरिन् । कार्यक्रममा पत्रकार विनोद लामिछानेले उपप्रमुखसंग महिला कार्यक्रमले शिक्षाको उज्यालो घामबाट बञ्चित आमा दिदिबहिनीहरुलाई केही सहजता प्रदान गर्ने बताए । एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष शावित्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ८ वडा सदस्यद्धय किरण गौतम र लक्ष्मी कौशलले महिलाहरुलाई सक्षम बनाउन महानगरले उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताउदै शैक्षिक सहजता कार्यक्रम प्रभावकारी हुने बताए । एयरपोर्ट टोल विकास संस्थाका निर्वतमान अध्यक्ष कमला श्रेष्ठ, हातेमालो आमा समुहका सचिव मिना ढकाल, महिला उद्यमी संघका कुलमाया पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->