बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा मनाईने वीर गोर्खा दिवसको तयारी पुरा

पोखरामा मनाईने वीर गोर्खा दिवसको तयारी पुरा


  • Dhorpatan News
  • बैशाख ९ २०७६, सोमबार

पोखरा, ९ वैशाख – संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको आयोजनामा वैशाख ११ र १२ गते पोखरामा हुने वीर गोर्खा दिवसको सम्पुर्ण तयारी पुरा भएको छ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले पांचौ पटक पोखराको अमरसिंह चौरमा आयोजना गर्न लागेको वीर गोर्खा दिवसको सम्पूर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापा मगरले जानकारी दिए ।
नेपालीले विदेशी भूमिमा देखाएको बहादुरीको कदर गर्दै ब्रिटिस सरकारबाट भिक्टोरिया क्रसको पाएको दिनमा वीर गोरखा दिवस मनाइदै आएको र उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको थापाले वताए । थापाका अनुसार बिविध जातजातिसँग सम्बन्धित झाकी ¥याली सहित अमरसिंह माविको खेल मैदानमा सो कार्यक्रम सुभारम्भ हुनेछ । सो अवसरमा बिभिन्न क्षेत्रमा उपसचिब स्तर हासिल गरेका भुपु प्रहरी तथा सेनाका छोरा छोरीलाई सम्मान गरिनेछ भने खुकुरी नाच, स्मारिका बिमोचन, कलाकारको प्रस्तुति संगै गोर्खालीले पाएको दुखको बारेमा समेत वृहत बहस हुनेछ ।
उक्त समारोहमा भारत, बेलायत लगायत नेपालका विशिष्ट व्यक्तिको सहभागिता रहने बताउदै सातै प्रदेशबाट १५ हजार बढि भुपु भारतीय सेना, प्रहरी तथा सुभचिन्तकहरुको सहभागिता रहने थापाले बताए । यसअघि बुटवल, धरान लगायतका सहरमा वीर गोरखा दिवस मनाईसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->