गलकोट,१० बैशाख – खरुवा माद्यामिक बिद्यालय गल्कोट नगरपालिका -४ को ४७ औ वार्षिकउत्सव तथा अविभावक दिबस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बिद्यालयले बिगतका शैक्षिक क्रियाकलापको समिक्षा र भावि योजनासहित बार्सिकोत्सब मनाउनुपर्ने बताए ।१ वर्षको प्रयासपछि शिक्षक ब्यबस्थापनको कार्य अगाडि बढिरहेको बताउदै राज्यले शिक्षामा गरेको लगानिको प्रतिफल प्राप्त गर्ने अबस्था सृजना गर्न र नगरको प्रत्येक शैक्षिक सुधारका निम्ति सबै हातेमालो गरेर अगाडि बढनुपर्ने बताए।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हेमराज गैरेले व्यापक आर्थिक संकलन गरि सप्पन्न गरिएको ४३ औ वार्षिक उत्सवको आय ब्यय सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा गल्कोट नगरपालिकाका नवआगन्तुक नगर शिक्षा अधिकारी पदमराज आचार्य, खरुवा माबिका नवआगन्तुक शिक्षक बिष्णु बहादुर क्षेत्री र कोपिला न्यौपानेलाइ स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य फम खत्री, राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष टंक केसि, गल्कोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, नेपाल प्राध्यापक संघ गल्कोट बहुमुखी क्याम्पसका सयोजक डिलाराम शर्मा,गोल्डेन फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल चुडामणि शर्मा लगाएतले शुभकामना मन्तब्य राखेका थिए। त्यस्तै कलाकार निशा श्रीसको साङ्गितिक प्रस्तुती रहेको थियो ।
सो अबसरमा गल्कोट नगरपालिका ४ का भिम बहादुर क्षेत्रीले गल्कोट नगरपालिकाका ८ बिद्यालयका बिपन्न बिद्यार्थिलाइ माद्यामिक शिक्षा परीक्षासम्मको पठनपाठनमा सहयोग पुग्ने गरि प्रति बिद्यार्धी प्रति वर्ष रु १५ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस बर्षको लागि छात्रवृत्ति प्रदान गरेका थिए। साथै क्षेत्रीले वैदेशिक रोजगारको क्रममा ओमनमा मृत्यु भएका गमबहादुर क्षेत्रीको छोरी समिक्षा र छोरा पुरण क्षेत्रीको शिक्षामा खर्चिने गरि नगद रु २ लाख रकम हस्तान्तरण गरेका थिए।
दुबै मृगौला फेलभै उपचारको क्रममा रहेका गल्कोट नगरपालिका ४ का बिकास खत्रीको परिवारलाई निलुवा समाज चमुवा जापानका अध्यक्ष भोजेन्द्र सुबेदिले जापानमा कार्यरत गल्कोटेहरुको सहयोगमा संकलन गरिएको नगद रु ५ लाख ७ हजार ८ सय ७७ र दुर्घटनामा परेका शन्तोष दर्जिको उपचारको लागि नगद रु ७१ हजार २ सय ९६ प्रदान गरेका थिए। सुबेदिले खरुवा माद्यामिक बिद्यालयमा कक्षा ३ मा अङ्ग्रेजी माध्यम सन्चालन गर्ने उदेश्यले नगद रु ७८ हजार ब्यक्तिगत सहयोग गरे।
वार्षिकउत्सवको अबसरमा आयोजित स्वर्गीय हरिमाया स्मृति अक्षयकोषद्वारा सन्चालित अन्तर माद्यामिक बिद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा गोल्डेन फ्युचर बोर्डिङ स्कुल प्रथम,महेन्द्र मा.बि. दित्तिय र गल्कोट मा.बि. तृतीय भएका थिए।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भयको थियो ।





