शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हामी मात्र कम्प्युनिष्ट : राजमो

हामी मात्र कम्प्युनिष्ट : राजमो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७६, मंगलबार

बागलुङ,१० बैशाख – राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा भने नेकपा मसाल बाहेक अरु सबै बामपन्थीहरु कम्प्युनिष्ट नभएको आरोप लगाउँछन् । ‘पार्टीको नाम कम्प्युनिष्ट भएर हुँदैन, सिद्धान्त, व्यवहार हुनु पर्छ’ थापाले भने,‘वर्तमान सत्ताशिन दलहरु नामका मात्र कम्प्युनिष्ट हुन्, पार्टी हैनन् ।’ लामो समय सत्ताको नेतृत्व गरेको कांग्रेसले जनताको हितमा काम गर्न नसकेपछि प्रगतीशिल र देशभक्तहरु जम्मा भएर कम्प्युनिष्ट नाम दिएकोले बहुमत ल्याएको उनले टिप्पणी गरे । कांग्रेस भन्दा थोरै प्रगतीशिल भयो भन्दैमा कम्प्युनिष्ट नहुने उनले बताए ।
मोहन बैद्य र नेत्रविक्रम चन्द बिप्लबले नेतृत्व गरेको नेकपालाई भने उनले पार्टी नभइ समूह भएको थापाले दावी गरे । उनीहरु पदच्युत भने नभएको भन्दै थापाले बचाउ गरे । नेकपाको स्थापना दिवश कोठे रुपमा मनाएको राजमोले खुला कार्यक्रम गर्न नसकेको उनले स्विकारे । ‘पार्टीको आन्तरिक गतिविधिमा व्यस्त भएकोले खुला रुपमा मनाउन सकिएन’ उनले भने, ‘दिवश बिर्सेका छैनौं ।’ आधारभूत चरित्र देखाउने एक मात्र पार्टी मसाल भएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->