शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान

चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान


  • घनश्याम गौतम
  • बैशाख १० २०७६, मंगलबार

गलकोट ,१० बैशाख – गलकोट नगरपालिका – ४ चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चमुबा आधारभुत बिद्यालयलाई आर्थिक सहयोग गर्ने गलकोट समाज जापानका उपाध्यक्ष भिम क्षेत्री र श्रीमति जमुना क्षेत्रीलाई सम्मान गरिएको थियो । क्षेत्री दम्पतीले बिद्यालयको आर्थिक भौतिक तथा शैक्षिक बिकासको लागी २ लाख ११ हअजार १ सय १५ रुपैया आर्थिक सहयोग गरेका थिए। सोहि अबसरमा गलकोट समाज जापानका उपाध्यक्ष भोजेन्द्र सुबेदीले १ लाख ५१ हजारर १ सय ११ सहयोग गरेका थिए । उनीहरुलाई मंगलवार एक कार्यक्रमको विच सम्मान गरिएको हो । सम्मान कार्यक्रमको अबसरमा छात्रबृद्धि बितरण गरिएको थियो । भिम बहादुर क्षेत्रीले घोषणा गरेको छात्रबृद्धिबाट चमुवा आधारभुत बिद्यालयकी कक्षा ६ मा अध्ययन गर्ने छात्रा हिरा शर्मालाई नगद १५ हजार प्रदान गरिएको थियो । क्षेत्रीले छात्रा शर्मांलाई कक्षा १० सम्म अध्ययन गर्दा प्रत्येक बर्ष नगद १५ हजार सहयोग गर्ने बताए ।
सम्मान कार्यक्रममा गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाले अभिभाबकको सहयोगलाई बिद्यालयले सदुपयोग गदैं शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताईन ।  कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद सुबेदीको अध्यक्षता ,शिक्षक टिकाराम शर्माको स्वागत तथा शिक्षक पुरुसोत्तम सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->