शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिस्थापित परीवारलाई बस्ती निर्माणका लागि लालपुर्जा प्रदान

बिस्थापित परीवारलाई बस्ती निर्माणका लागि लालपुर्जा प्रदान


  • Dhorpatan News
  • बैशाख १३ २०७६, शुक्रबार

बागलुङ, १३ वैशाख – गत असारमा जमिन भाँसिएपछि बिस्थापित बनेका काठेखोला गाउँपालिका–५ काउलेका १० परिवारले नयाँ बस्ति निर्माणको लागि जग्गा पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङले पिडित परिवारको लागि जग्गा खरिद गरी लालपुर्जा उपलव्ध गराएको हो । एकिकृत बस्ति निर्माणका लागि ५ रोपनी १२ आना जग्गा खरिद गरेर पिडितलाई उपलव्ध गराईएको इकाई प्रमुख रामआशिष शाहले जानकारी दिए । बिहिबार चौथो भुकम्प स्मृति दिवसको अवसर पारेर प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले पिडितहरुलाई लालपुर्जा उपलव्ध गराएका थिए । प्राधिकरणले उपलव्ध गराएको २० लाख रुपैयाँ र बैदेशीक रोजगारीमा रहेका युवाहरुले सहयोग संकलन गरेर पठाएको २ लाख ७५ हजार रुपैयाँ गरी २२ लाख ७५ हजार रुपैयाँमा उक्त जग्गा खरिद गरीएको हो । गत असार १२ गते एक्कासी जमिन फाँटेपछि उनीहरु बिस्थापित बनेका थिए ।

जमिन फाँटेपछि भुगर्भबिदको समुहले अध्ययन गरी भुकम्पका कारण हल्लिएको जमिनमा बर्षात्को पानी पसेका कारण जमिन भाँसिएको निश्कर्ष निकालेपछि पिडितहरुलाई पुनस्थापनको प्रक्रिया अघि बढेको थियो । भाँसिएको जमिनभन्दा केही माथि एकै कित्तामा रहेको स्थानीय जगबहादुर पुनको जग्गा खरिद गरेर १० परिवारका लागि एकिकृत बस्ती निर्माण गर्न थालिएको जग्गा व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । बिस्थापित बनेकामध्ये हिम बहादुर क्षेत्री बिदेशमा रहेको तथा अन्यत्र समेत जग्गा भएको र लाल बहादुर दमाईले प्राधिकरणमार्फत नै अनुदान लिएर घर बनाईसकेकाले १० परिवारको लागि मात्रै जग्गा उपलव्ध गराईएको हो । पीडितहरुलाई लालपुर्जा उपलव्ध गराएसँगै बस्ति निर्माणको लागि डिपिआर तयार गश्र पूर्वाधार निर्माण गर्ने काम अघि बढ्ने छ । पूर्वाधार निर्माणका लागि प्रतिपरिवार ४ लाख र घर निर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ बजेटको व्यवस्थापन भैसकेका जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका नायव सुव्वा चुर्णबहादुर कार्कीले जानकारी दिए । जग्गाको डिपीआर तयार भएपछि दशै परिवारका नाममा आ–आफ्नै लालपुर्जा बन्ने र घर निर्माणको काम थालिने उनले बताए ।

लालपुर्जा हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले विकास निर्माणको काम गर्दा वातावरणीय मुल्याङ्कन गरेर मात्रै काम अघि बढाउनुपर्नेमा जोड दिए । विकासका नाममा निर्माण भैरहेका कच्चि सडक बिनासको कारण भैरहेको भन्दै पाठकले वातावरणीय मुल्यांकन नभएका कारण उल्टो असर देखीएको दाबी गरे । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->