बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा मस्तिष्क पक्षघात भएका वालवालिका लक्षित तालिम

पोखरामा मस्तिष्क पक्षघात भएका वालवालिका लक्षित तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७६, शुक्रबार

पोखरा १३ वैशाख – मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी पांच दिने विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी वोल्ने, खाने र सञ्चारको निम्ती पांच दिने विशिष्ट तालिम प्रदान गरिएको हो । एडलेण्टे नेदरल्याण्डको प्राविधीक सहयोग र ग्रीन पास्चर हस्पिटक पोखराको संयोजनमा सम्पन्न तालिममा नेपालभरका २८ जना प्राविधीकहरुको सहभागगिता रहेको थियो । उक्त कार्यक्रममा पोखरा र आसपासका १० जना मस्तिष्क पक्षघात भएका वालवालिका र उनका अभिभावकको समेत सहभागीता रहेको थियो ।

वैशाख ९ देखि सुरु भएको उक्त तालिमको शुक्रबार समापन भएको हो । तालिम समापन कार्यक्रममा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाले मस्तिष्क पक्षघात वालवालिकामा देखिने एक प्रकारको समस्या भएको र उक्त समस्याको समाधानको बारेमा उनीहरुको अभिभावकहरुलाई समेत थाहा नभइरहेको सन्दर्भमा नेदरल्याण्डबाट आएर प्रशिक्षण प्रदान गरी केही हद सम्म यस्ता बालवालिकाको सिकाइ, खुवाइ र वोल्नका लागी प्रदान गरिएको तालिम अत्यन्तै राम्रो तालिम भएको वताउदै तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न समेत आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी वुढाले मस्तिष्क पक्षघात एक किसिमको समस्या भएकाले उनीहरुको समस्यालाई समाधान गर्नका लागी आयोजना गरिने यस्ता तालिमलाई आगामी दिनमा पनि सरकारी निकायहरु संग सहकार्य गरी आयोजना गर्न समेत आग्रह गरे । सो अवसरमा वोल्दै मस्तिष्क पक्षघात भएका बालकका अभिभावक सरु अधिकारीले आफुहरुले ५ दिने तालिमबाट धेरै कुराहरु सिक्ने मौका पाएको र तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर आगामी दिनमा यस्ता समस्यामा परेकाहरुको समस्या समाधान गर्नतर्फ लाग्ने समेत वताइन ।

त्यस्तै तालिममा सहभागी वाल विशेषज्ञ डाक्टर दुर्गा कर्माचार्यले आफुहरु वालरोगको क्षेत्रमा कार्यरत रहेतापनि यस्ता किसिमको तालिम नलिएको र ५ दिनको तालिमले आफ्नो क्षमता अभिवृद्धी गर्न टेवा पुगेको वताउदै मस्तिष्क पक्षघात भएका वालवालिकाका लागी आफुले निकट भविष्यमा काम गर्न तत्पर रहेको समेत वताइन ।

सो अवसरमा एडलेण्टे नेदरल्याण्डका सेसानिनले मस्तिष्क पक्षघातलाई विशेष गरी फिजियो थेरापीको माध्यामबाट समाधान गर्न सकिने प्रस्तुती राखेकी थिइनभने अर्का प्रस्तुतकर्ता मार्जोले नेपालमा त्यसमा पनि पर्यटकीय शहर पोखरामा पहिलोपटक मस्तिष्क पक्षघाटको बारेमा विशिष्ट प्रकारको तालिम प्रदान गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि यस्ता तालिमलाई समयअनुकुल मिलाएर निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरिन ।

५ दिन सम्म सञ्चालन भएको तालिममा गोर्खा, जनकपुर, बुटवल, धरान, काठमाण्डौ, पोखरा र स्याङजाका फिजियोथेरापी, स्पीच थेरापी र अकुपेशनल थेरापीमा कार्यरत प्राविधीक तथा डाक्टरहरु गरी २८ जनाको सहभागीता रहेको थियोभने तालिममा नेदरल्याण्डका मार्जो, सेशानिन, मोच्ली र चेन्टलले सहभागीहरुलाई सहजीकरण गरेकी थिइन । कार्यक्रममा सहभागीहरुलाई ग्रीन पास्चर हस्पिटल पोखराका सामुदायिक निर्देशक डाक्टर बुद्ध थापाले धन्यवाद ब्यक्त गर्दै तालिम अवधिमा सिकेका सीपलाई ब्यवहारमा उतार्न आग्रह गरेका थिए ।

हरियोखर्क हस्पिटलका प्रमुख फिजियोथेराष्टि डाक्टर खड्ग सिंह गुरुङले सञ्चालन गरेको कार्यक्रममा हरियोखर्क हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने पत्रकार एमबी आस्थाले समेत वोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->