बुर्तिबाङ,१४ बैशाख – निसीखोला गाउँपालिका वडा नम्बर २ बायखोलामा घाँसकाट्ने क्रममा ढुँगाले लागेर बुद्धबहादुर कार्कीको मृत्यु भएको छ ।शुक्रबार साँझपख बारीमा लगाइएको बाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर ६५ वर्षीय कार्की गम्भिर घाइते भएका थिए । कार्कीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा प्राथमिक उपचारपछि पाल्पा लैजाँदै गर्दा गय राति बीचबाटा मै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।





