मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कुस्माको मदरसा विद्यालयमा आर्थिक संकट ,सरकारी दरबन्दी पनि छैन

कुस्माको मदरसा विद्यालयमा आर्थिक संकट ,सरकारी दरबन्दी पनि छैन


  • Dhorpatan News
  • बैशाख १४ २०७६, शनिबार

पर्वत, १४ बैशाख – पर्वत जिल्लाकै एकमात्र मदरसा मदरसा गुल्शने बरकात प्राथमिक विद्यालय, कुश्मामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल पर्वतको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुका बीचमा मदरसा विद्यालयका अवसर, चुनौती र सम्भावनाका विषयमा छलफल गरिएको एनसिई नेपाल पर्वतका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए। अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिका -५ का -अध्यक्ष चित्रकला भारती शर्माले आफूले निकट भविश्यमा नै विद्यालयको भवन निर्माण गर्नका लागि उपयुक्त जमिनको व्यवस्था गर्ने र स्थानीय सरकारको तर्फबाट आवस्यक सहयोग जुटाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिन। एनसिई नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले संबैधानिकरुपमानै आधारभूत तहको शिक्षा अनिवार्य तथा निशुल्क भनिएकाले सो को कार्यान्वयनमा स्थानीय सरकारले बहानाबाजी गर्न नहुने कुरामा जोड दिए।  अन्तरक्रिया कार्यक्रममा मदरसा व्यवस्थापन समितिका सदस्यहरुले आफ्नै भवन नहुनु, फर्निचरको व्यवस्था नहुनु, सरकारले शिक्षक दरबन्दीको व्यवस्था नगरिदिनु, नियमति आयश्रोतको व्यवस्था नहुनु आदि कारणले आफ्नो विद्यालय विद्यलायजस्तो हुन नसकेको गुनासो गरेका थिए । कार्यक्रममा एनसिई नेपाल, पर्वतका सदस्य–सचिव यज्ञप्रसाद शर्मा, सदस्य भिमबहादुर नेपाली र बलीनारायण रेग्मीले पनि आ–आफ्नो मन्तव्य राख्दै एनसिई नेपालका गतिविधि, विश्वव्यापी कार्यसप्ताह र विद्यार्थी भर्ना अभियानका बारेमा प्रष्ट पारेका थिए। विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई एनसिई नेपाल, पर्वतको तर्फबाट स्टेशनरी सामग्री वितरण गरिएको थियो । विसं. २०६५ सालदेखि सुरु भई २०६८ सालबाट सरकारी अनुमती प्राप्त गरेको विद्यालयले हालसम्म सरकारबाट शिक्षक दरबन्दी पाउन सकेको छैन । मुस्लीम समुदायका ४२ जना बालबालिकाले मातृभाषामा आधारभूत तहको धार्मिक शिक्षा लिइरहेको विद्यालयको आफ्नै भवन नभएकाले मस्जिदमा राखेर पठनपाठन गरिरहेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष असलम खानले जानकरी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->