पोखरा,१४ बैशाख – गण्डकी प्रदेश सभाका सांसद तथा जिफन्ट उपाध्यक्ष मिना गुरुङले युवाहरुलाई रोजगार काममा लगाउनका लागि उनिहरुको समस्या पहिचान गर्नु पर्ने बताइन् । उनले भनिन् युवाहरुलाई आफ्नो इच्छाएको पेशा ब्यवसाय गरी बस्नका लागि घर परिवार,समाज र राज्यले समेत प्रोत्साहीत गर्नुपर्ने बताईन् । सांसद गुरुङ भनिन् ‘तालिम र पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्दै आईरहेको छ ।’आफ्नै पहलमा पोखराका युवाहरुलाई उनिहरुको आवश्यक्ताको पहिचानबारे अन्तरक्रिया गर्दै आईरहेकी सांसद गुरुङले भनिन् ‘हामीले यो वा त्यो गर भनेर दवाब दिनु हुदैन, आफ्नै इन्ट्रेसको बिषयको पेशा, रोजगारी गर्न प्रेरित र वाताबरण तयार गर्नु पर्छ । ’ सो अन्तक्रिया पछि रोजगारमुलक तालिमका लागि सहयोग गर्ने सांसद गुरुङले बताईन् । सो कार्यक्रममा सय जना युवा महिला पुरुषको सहभागिता रहेको थियो ।





