बागलुङ, १५ वैशाख – गत फागुनमा सम्पन्न पाचौ पञ्चकोट धनधान्याचल विराट श्रीमहायज्ञ २०७५ को आयव्यय सार्वजनिक गरिएको छ । शनिबार पञ्चकोटमा आयोजित कार्यक्रममा ५८ लाख ९५ हजार ४ सय ३५ बरावरको आय व्यय सार्वजनिक गरिएको हो ।
महायज्ञमा नगद रसिद मार्फत सस्थापक सदस्य वनेका वाट ३२ लाख ३६ हाजर ६० रुपैया ,मण्डप तथा दानपेटिका वाट २ लाख ८२ हजार २ सय २४ ,धान विक्रिवाट ४ लाख ९४ हजार ९ सय ७५ चामल विक्रिवाट १ लाख ८२ हजार ६ सय २० रुपैया नगद आम्दामी भएको जनाईएको लेखा संयोजक कुलप्रसाद उपाध्यायले जानकारी दिए। त्यस्तै मौज्दात सामान विक्रिवाट ३६ हजार ४ सय १ रुपैया आम्दामी भएको जनाईएको छ । नगद रसिद ,सामान विक्रि र धान विक्रिवाट गरी १५ लाख ३८ हजार १ सय ६५ रुपैया उठ्न वाकी रहेको छ ।
महायज्ञ सम्पन्न गर्न १५ लाख ४० हजार रुपैया खर्च भएको सो अवसरमा जानकारी गराईउको छ । पञ्चकोटका प्रतिनिधि अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य को अध्यक्षतामा भएको कार्यक्रममा स्याङजाको पुतलिवजार नगरपालिकाका मेयर सिमा क्षेत्री ,बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष खिममराज सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम महासचिव माधव प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।





