शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटका कृषि फर्महरुलाई ५६ लाख १५ हजार अनुदान प्राप्त

गलकोटका कृषि फर्महरुलाई ५६ लाख १५ हजार अनुदान प्राप्त


  • Dhorpatan News
  • बैशाख १६ २०७६, सोमबार

गलकोट ,१६ बैशाख – गलकोट नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई अनुदान सहयोग प्राप्त भएको छ । गलकोट नगरपालिकामा आर्थिक वर्ष २०७५÷ २०७६ मा कृषि ज्ञान केन्द्र पर्वतबाट  नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई ५६ लाख १५ हजार अनुदान सहयोग प्राप्त भएको  हो ।  गलकोट नगरपालिका वडा नं ९ को अशोक कृषि फर्मलाई १ लाख ९० हजार गलकोट नगरपालिका वडा नं १ मा रहेको मगरात एकिकृत कृषि फर्म र सौगात कृषि फर्मको लागिको लागि २ लाख २०हजार गलकोट नगरपालिका वडा नं ९ को उपहार कृषि फर्म र सापकोटा कृषि फर्मको लागि १ लाख ९० हजार, गलकोट नगरपालिका वडा नं २ नरेठाँटीमा रहेको बेबी ताजा तरकारी फर्मको लागि १ लाख ९० हजार, देउराली कृषक समुहको लागि ६ लाख ५५ हजार गलकोट नगरपालिका वडा नं १ मा रहेका काफलडाडा गुरुङ कृषि फर्म ओम कृषि फर्म को लागि ६ लाख ५५ हजार र बेसी कृषि तथा पशुपालन फर्म र चौराहा कृषि तथा पशुपालन फर्मको लागि २ लाख प्राप्त भएको छ । च्याउ खेतिको लागि वडा नं १ का  प्रेमबहादुर खड्का ,२ का हिरा बहादुर पुन , ३  का अनिल नेपाली र ९ का कृषक अग्निधर सापकोटालाई २५ हजार  प्राप्त भएको छ । नवजागरण कृषि सहकारीका लागि ३ लाख ५० हजार अनुदान प्राप्त भएको छ । त्यस्तै मकै पकेटको लागि २ लाख ,सुन्तला पकेटको लागि २ लाख अलैचि पकेटको लागि २ लागि आलु पकेटको लागि गलकोट नगरपालिका वडा नं १ को लागि ५ लाख र आलु पकेट गलकोट नगरपालिका वडा नं ८ को लागि ५ लाख अनुदान प्राप्त भएको गलकोट नगरपालिका कृषि तथा पशुसेवा शाखा प्रमुख चिन्तामणि शर्माले जनाकारि दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->