बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लेकसाइडमा आत्मरक्षा तालिम 

लेकसाइडमा आत्मरक्षा तालिम 


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७६, मंगलबार

पोखरा,१७ बैशाख – पोखराको लेकसाइडका किशोरी तथा बालबालिका आत्मरक्षाको लागि तेक्वान्दो तालीम लिएका छन । तालीममा ८० जनाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा तालीमको आयोजना भएको हो । तालीम निःशुल्क रहेको प्रशिक्षक प्रितम कुँवरले जनाए । तालीम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालीमले समाजमा किशोरीमाथि भइरहेको ज्यादति रोक्न मद्दत पु¥याउने बताइन् । यस्ता तालिम प्रदेशका हरेक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । तालीममा सहभागिमध्ये अधिकांश तालबाराही, पार्दी र श्रीकृष्ण माविका विद्यार्थी थिए ।

पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरुको लागि आत्मरक्षा तालीम आयोजना गरेको बताइन् ।तालीममा सहभागी अस्मिता दाहाल निःशुल्क रुपमा सिक्न पाउँदा खुसी लागेको बताइन् । यस्तै ७ कक्षामा अध्ययनरत सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सी प्रदान गर्नेमा आशावादी देखिइन् । कक्षा ७ मा अध्ययनरत अस्मिता सुनारले तालीम लिएपछि आफैलाई फाइदा पुगेको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->