शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

वार्षिकोत्सबमा सामाजिक क्षेत्रमा सहयोग

वार्षिकोत्सबमा सामाजिक क्षेत्रमा सहयोग


  • Dhorpatan News
  • बैशाख १९ २०७६, बिहिबार

पोखरा,१९ बैशाख -पोखराको लेकसाइडमा चिल्ली बार एण्ड रेष्टुरेण्टले आफ्नो दशौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गरेको छ । पर्यटन प्रहरीका लागि चार वटा गियरवाला साइकल अपाङगहरुका लागि पाँच थान ह्विल चियर ह्वीचिर प्रदान गरियो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सांसद राजिव पहारीले गरेका थिए । सांसद पहारीले वार्षिकोत्सवका रुपमा रेष्टुरेण्टले गरेको कार्य अनुकरणीय भएको उल्लेख गरे । विभिन्न तडकभडक गरि बार्षिकोत्सव मनाउने खराब संस्कृती मौलाउँदै गएको बेला चिल्ली बारले उदाहरणीय काम गरेको बताए । उनले भने ‘व्यवसायीहरुमा पनि सामाजिक उत्तरदायित्वको भावना हुनु पर्छ । ’ सो अवसरमा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोख्रेल, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, पश्चिमाञ्चल क्षेत्रिय होटल संघका अध्यक्ष विकल तुलाचन लगायतले संयुक्त रुपमा उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

रेष्टुरेण्टका प्रबन्ध निर्देशक विश्वराज पौडेलले रेष्टुरेण्ट दशौं वर्ष प्रवेशको अवसरमा ग्राहकहरुलाई रेस्टुरेन्टको मेनुमा बार्षिकोत्सब छुट, कम्प्लिमेन्ट्री गिफ्ट भौचर अन्तर्गत रु २ लाख २५ हजार बराबरको भौचर वितरण, उत्कृष्ट कर्मचारी सम्मान साथै रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको कल्याणकारी कोषमा यस बर्ष पनि संस्थाको तर्फबाट थप रु २५ हजार रुपयाँ प्रदान गरिएको जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा बात्सायन बृद्दाश्रम तथा नमस्ते सामुदायिक प्रतिस्ठानलाइ जनही रु २५ हजार सहयोग गरेको बताईएको थियो ।

सो अवसरमा रक्तदान पनि गरिएको थियो । २९ युनिट रगत संंकलन भएको छ । रेष्टुरेण्टका निर्देशक भिष्मराज पौडेलले समेत रक्तदान गरेका थिए । कार्यक्रमको अध्यक्षता रेष्टुरेण्टका अध्यक्ष गोबिन्द शर्मा बिखर्चीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->