बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका वडा कार्यालयहरुमा धमाधम चोरी!

पोखराका वडा कार्यालयहरुमा धमाधम चोरी!


  • दुर्गा भण्डारी
  • बैशाख २० २०७६, शुक्रबार

पोखरा,२० बैशाख – पोखरा माहनगरपालिकाका वडाहरु कार्यालयहरुमा श्रृंखलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् । चोरी भएका सबैजसो वडा कार्यालयबाट केही थान कम्प्युटर, ल्यापटप, सिपियु लगायतका सामानहरु चोरी भएको देखिन्छ । वडामा भएको महत्पूर्ण ईलेक्ट्रोनिक डाटाहरु चोरी भएको देखिँदैन । वडा कार्यालय चोरीको घटना सबै एकै प्रकारको भएको देखिन्छ । वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले चोरीकोे घटनाले महानगरको बद्नाम गर्न खोजेको दावी गरे । ‘सुरक्षित तरिकाले रातिको समयमा चोरी गरेको छ, कुनै उद्देश्य राखेर चोरेको जस्तो लाग्छ’, उनले भने,‘ यसरी चोरी हुदा प्रत्येक वडाबाट एक लाखदेखि ३ लाखसम्म चोरी भएको छ ।’
गए राती पोखरा महानगपालिका वडा नं १९ को वडा कार्यालयबाट ल्यापटप चोरी भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलले ल्यापटप चोरी भए पनि आधिकारीक तथ्याङ्कहरु चोरी नभएको बताए । त्यसैगरीपोखरा माहानगरपालिका वडा नं ५ को कार्यालय पनि गएको पुस महिनामा चोरी भएको थियो । बडा नं ५ को कार्यालयबाट १ थान ल्यापटप, ४ थान कम्पयुटर, २ थान सिपियु लगायतका सामानहरु चोरी भएको थियो । तर राजश्व संकलन गर्ने सर्वरको छुट्टै लिंक र केही महत्वपूर्ण दस्तावेजहरु नचोरिएको उनले बताए ।
यसैगरी वडा नं १६ मा पनि केहि महिना अगाडी चोरी भएको थियो । वडा नं १६को कार्यालयबाट एक थान ल्यापटप चोरी भएको थियो । उक्त ल्यापटपमा इन्जीनियरले बनाएका भवनका नक्साहरु र इस्टीमेटहरु थिए । वडाध्यक्ष जिवन आर्चाय भन्छन,् ‘महानगर पालिका नेतृत्व बिरुद्ध गलत सन्देश दिन खोजेको देखिन्छ । ’ त्यसैगरी अन्य वडाभन्दा स्मार्ट भनेर चिनिएको वडा नं १३ मा पनि ल्यापटप र कम्प्युटर सेट चोरी भएका थिए । यसरी सृखलाबद्ध रुपमा धेरै वडामा चोरी भए पनि महानगर नेतृत्वले भने संवेदनशील देखिदैन । हल्का ढंगले लिईरहेको छ । वडा नं ५ र १६ का वडाध्यक्षहरु भन्छन्,‘यसरी सबै ठाउबाट १÷२ लाखको सम्पत्ति चोरी हुँदा पनि रात्रिकालीन सुरक्षा गार्ड राखौं भन्दा बेवास्ता गरिएको छ ।’ वडाको सम्पत्ति चोरी प्रबिधी र डाटा चोरी हुनुले गलत सन्देश गएको उनले बताए । वडा नं ५ मा सुरक्षा गार्ड राख्न निर्णय गरेर राखिएको अध्यक्ष नेपालीले जनाए । तर १६ नं १३ नं ले भने कार्यपालिका बैठकमा जति कुरा उठाउँदा पनि नेतृत्वले सानोतिनो कुरामा लोभ गरेको उनीहरुको भनाई छ ।
यसरी चोरी भएका सामानहरु र शंकास्पद ब्यक्तिहरु प्रहरीले अहिलेसम्म पनि सार्वजनिक गर्न सकिरहेको छैन । जिल्ला प्रहरी कार्यालय कास्की डी.एस.पी रबिन्द्रमान गुरुङले भन्छन्, ‘चोर पत्ता लगाउन नसकिने होइन, यो बिशेष प्रकारको चोरी भएकोले बिशेष खालकै अनुसन्धान भईरहेको छ । ’
यसरी हेर्दा के देखिन्छ भने पोखराको वडा नं १३ जुन वडामा अमेरिकी अनुगमन टोली आएको थियो । पहिलो प्रबिधी मैत्री, स्मार्ट परिचयपत्र बाढ्ने वडा उत्कृष्ट भनेर चिनिएको तराईका मेयर उपमेयरहरु पनि त्यो वडालाई देखेर जिब्रो काढेका थिए । तराइृका नगरपालिका भन्दा राम्रो र सिस्टममा चलेको भनेर बयान समेत गरेका थिए । त्यसैगरी वडा नं ५ का वडाध्यक्ष धन बहादुर नेपाली पनि महानगरपालिकाका प्रवक्ता हुन् उनको आफ्नो वडा पनि राम्रो मध्ये कै हो । वडा नं १९ र १६ का वडाध्यक्षहरु पनि बिकास गर्ने आफ्नो बिषयम ादख्ल राख्नेहरु हुन् । वडा नं १९ का वडाध्यक्ष सचेतक हुन् । महानगरका मेयर उपमेयर बिदेश जदा उनले कार्यबाहक मेयरको पद सम्हल्ने अवसर पाएका थिए । दिग्ज भनेर कहलाइएकाहरुको वडामा नै चोरी हुने घटनाले काम गर्ने हौसला कम हुन सक्ने देखिन्छ । वडाका प्रबिधी र सुचनाहरु धमाधम चोरी हुन थाले पछि महानगरपालिका नेतृत्वले रात्रिकालीन कर्मचारी राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->