शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पाण्डवखानीको कहालीलाग्दो अक्करे भीरमा मह शिकार

पाण्डवखानीको कहालीलाग्दो अक्करे भीरमा मह शिकार


  • घनश्याम गौतम
  • बैशाख २० २०७६, शुक्रबार

गलकोट ,२० बैशाख – परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । बागलुङको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा  प्रत्यक्ष मह शिकार गरिएको छ ।
वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हो । रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय गोलाबाट  बुधबार र बिहिबार गरेर कबिर सय लिटर बढि मह काढिएको गलकोट नगरपालिका बाड नमबर १० का वडाअध्यक्ष तिलक घर्तीले बताए।
“पर्यटन प्रवद्र्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, उनले भने, “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।” रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्दा दर्शकको आर्कषण बढेको घर्तीले बताए ।
बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिएको शिकारी धनबहादुर घर्तीले बताए । “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, उनले भन्नुभयो, “ज्यानकै बाजी लगाएर भीरमा उक्लीएर मह काढियो ।”
“मह शिकारलाई व्यावसायिक बनाउन यस बर्ष क्लबले रमुबा पुगेका दर्शकको लागी निशुल्क चाख्न दिएको र प्रतिलिटर २ हजार रुपैयमा बिक्रि गरेको कल्बका अध्यक्ष गिरीप्रसाद घर्तीले जानकारी दिए  । परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारीले पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग गरि मह सिकार गरेका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->