बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यौन रोग ले लिनसक्छ ज्यान, सावधान

यौन रोग ले लिनसक्छ ज्यान, सावधान


  • कृष्ण कुमार सैंजु
  • बैशाख २० २०७६, शुक्रबार

हाम्रो नेपाल जस्तो विकाशोन्मुख देशमा चेतना को कमि भनौ या बुझ पचाएर भनौ दिन प्रतिदिन यौनजन्य घटनाहरू बाहीरी रहेको छन।सहमतिमै होस वा असहमतिमा असावधानि पुर्वक गरेको हरेक कार्य अन्ततस् धातक नै हुन्छ। यस्ता कारण ले गर्दा समाजमा र सामजिक बकाशमा ठुलो असर परिरहेको छ। यसैको कारणले उब्जने यावत समस्याहरू मध्य यौन रोग एक बिकराल समस्या हो।
यौन सम्पर्कबाट सर्ने रोगलाई यौन रोग भनिन्छ । यदि यौन रोग भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्यो भने यौन रोग लाग्छ । यौन सम्पर्क गर्नेबित्तिकै यो रोग सर्छ भन्नेचाहिँ होइन । तर, कुनै एक जनामा केही इन्फेक्सन छ भने सर्न सक्छ । भाइरस, ब्याक्टेरिया र अरु कारणबाट पनि यौन रोग सर्छ ।
यौन रोग पनि धेरै प्रकारको हुन्छ । कुनै उपचार गर्न सजिलो पनि हुन्छ तर कुनै धेरै गाह्रो हुन्छ । कुनै रोगले जलनमात्र गर्छ भने कुनै यौन रोगले ज्यान समेत लिन सक्छ ।

यौन रोग शारीरिक, मानसिक दुवै कारणले हुन्छ । एसटीआई ९सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन० मात्र सरुवा हुन्छन् । ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ । भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव हुँदैन ।

अहिलेको कमन एसटीआई भनेको यौनांगमा मुसा आउने हो । हातमा देखिने मुसाभन्दा अलि फरक हुन्छ हो । यो सरुवा हुन्छ । यसको खतरनाक असर भनेको इन्फेक्सन क्यान्सरमा परिणत हुने सम्भावना करिब १० प्रतिशत रहन्छ ।

यौनांगमा मसिना पानीका थोपाजस्ता दाना आउने समस्या पनि छ । भाइरल इन्फेक्सन भएकाले वर्षमा चार–पाँच पटक आउँछ यो । यस्तै, ब्याक्टेरियाबाट हुने सिफिलिस पनि केहीमा हुन्छ ।

यौनांगमा काई परेजस्तो ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने समस्याले पनि धेरैलाई सताउँछ । यौनांगमा सानो होस् वा ठूलो, घाउखटिरा आउँछ भने लुकाउनु हुँदैन, जचाइहाल्नुपर्छ । समयमै उपचार पाए निको हुन सक्छ । धेरैजसो मुसा, गोनोरिया र क्यानडिडा ९सेतो पानी बग्ने० समस्या हुन्छ ।

लक्षण

यौन रोग डरलाग्दो रोग हो । यसले भविष्यमा गएर नराम्रो असर गर्छ । आपसी सम्बन्धमा पनि असर पार्छ । रोग हुनु भन्दा नहुनु राम्रो हो । त्यसैले सबैले एकचोटी यौनसम्बन्ध राख्नुभन्दा अगाडि चेक गर्नुपर्छ ।
यौन रोगले बच्चा नहुने पनि हुन्छ । रोग लागिसकेपछि पिसाब फेर्दा पोलिरहने, पिसाबबाट केही धातु चिजहरु अथवा पिप बग्ने हुन्छ । यस्तो हुँदा युरिथ्राइटिस ९पिसाबको नलीमा इन्फेक्सन हुने० हुन्छ । गोनोरिया रोग लाग्दा यस्तो लक्षण देखा पर्छ । अर्को घाउमात्रै हुने रोग पनि हुन्छ ।

पुरुषको लिंग तथा महिलाको योनिमा घाउ, खटिरा हुने सिफिलिस रोगका कारण हुन्छ । सबै रोग उपचार, टेस्ट गरेर मात्रै थाहा हुन्छ । कुनै यौनरोगले पूरै शरीरलाई असर गर्छ भने कुनै यौनांगमा मात्रै सीमित हुन्छ ।

उपचार

असुरक्षित यौनसम्पर्क गरेको छ र त्यसको केही समयपछि ९केही दिनदेखि केही महिनासम्म० कुनै प्रकारको घाउ खटिरा भयो भने वा पिसाब पोल्यो भने यौन रोग लागेको हुन सक्छ । त्यसैले तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।
यौनरोगबाट बच्नलाई मुख्य त अशुरक्षित यौनसम्पर्कबाट नै बच्नुपर्छ, अर्थात् जथाभावी यौन सम्पर्क गर्नुहुँदैन । सम्भव छैन भने ‘प्रिकसन’ लिनुपर्छ । प्रिकसन भनेको खासगरी पुरुषहरुले कण्डम प्रयोग गर्ने हो ।
थोरै व्यक्तिसँग अथवा एक व्यक्तिसँग यौनसम्पर्क मात्रै गर्नुपर्छ । यौनसम्बन्ध राख्दा कण्डम प्रयोग गरे ९० प्रतिशत सुरक्षित हुन्छ, त्यसैले सबैले कण्डम प्रयोग गर्नुपर्छ ।
अहिलेको मुख्य समस्या भनेको यौनरोगले मनोवैज्ञानिक रोग निम्त्याइरहेको छ । यौन सम्पर्क गर्दैमा यौनरोग हुन्छ भन्ने हुँदैन तर मानिसहरु कुनै गल्ति काम गरेपछि मनमा डर, त्रास हुन्छ र साथीभाइलाई भन्न पनि गाह्रो हुन्छ । आफ्नो पार्टनरलाई पनि भन्न गाह्रो हुन्छ । मनमा नै कुरा खेल्छ, छटपटी हुन्छ ।
त्यसकारण यो रोग छ कि छैन भनेर आफूलाई नै केलाउने भन्दा पनि डाक्टरलाई देखाउन उपयुक्त हुन्छ ।
उपचार गर्दा बाहिरबाटै हेरेर पनि के भएको थाहा हुन्छ तर रगत पनि परिक्षण गरिन्छ । सिफलिस, एचआईभीको ब्लड टेस्ट हुन्छ तर सबै यौनरोगको ब्लड टेस्ट हुँदैन ।महिला र पुरुष दुवैमा यौन रोग लाग्छ ।
पुरुषमा बाहिरी तत्व भएको हुनाले लिंग र अण्डकोषमा प्रष्टसँग देखिन्छ । पिसाबमा समस्या आयो भने जलन हुन्छ, केही पिप देखिन्छ तर महिलाहरूमा बाहिरी रूपमा खासै केही देखिँदैन । इन्फेक्सन भइसकेको भए पनि उनीहरूलाई थाहा नै हुँदैन । यसलाई एसिटोम्याटिक इन्फेक्सन भनिन्छ । बाहिरी रूपमा केही देखिँदैन, अलिअलि र्यालजस्तो आउँछ तर भित्रभित्रै रोगले च्यापिसकेको हुन्छ । त्यसैले यस्तो लक्षण देखिनासाथ उपचार गरिहाल्नुपर्छ ।

केही लक्षण देखिएको छैन भने बेलाबेलामा चेक गराइराख्नु राम्रो हुन्छ । धेरैले इन्फेक्सन भए पनि लुकाउँनु गलत हो ।

कसरी सर्छ ? 
असुरक्षित यौनसम्पर्क गर्दा, रोगिले प्रयोग गरेको सेक्स टोए को सामुहिक प्रयोग गर्दा, रोगिको भित्री तथा बाहिरी बस्त्र हरू सामुहिक साटासाट गरी प्रयोग गर्दा, आदी।

यौन रोग पुरुषमा बढी देखिन्छ कि, महिलामा रु
प्रकृतिले नै महिलाको शारीरिक संरचना जटिल बनाएको छ । यसले गर्दा यौन तथा प्रजनन रोग महिलामा बढी देखिनु स्वाभाविक हो । महिलाको यौन अंगको शारीरिक क्षेत्रफल नै बढी हुन्छ, जसले गर्दा सरसफाइ गर्न र संक्रमण भएको थाहा पाउन गाह्रो पर्छ । पुरुषमा बाहिरी तत्त्व भएको हुनाले लिंग र अण्डकोषमा आएको समस्या प्रष्टसँग देखिन्छ । पिसाबमा समस्या आयो भने जलन हुन्छ, केही पिप देखिन्छ । तर महिलामा भएको समस्या बाहिरी रूपमा देखिँदैन । संक्रमण भइसकेको भए पनि उनीहरूलाई थाहा नै हुँदैन ।
यौन रोगकै कारणले क्यान्सर हुन सक्छ ?
यौनरोगका कारण क्यान्सर हुन सक्ने सम्भावना उच्च रहको हुन्छ । जस्तै– पाठेघरको मुखको क्यान्सर पनि यौन रोगको कारण नै हुने हो । भाइरसको संक्रमणले गर्दा क्यान्सर हुने हो, जुन यौन रोगका कारण पनि हुन सक्छ । तर, स्तन क्यान्सर चाहिँ योन रोगमा पर्दैन । यो जेनेटिक ९वंशाणुगत० तथा संक्रमणको कारण हुन्छ ।
वैदेशिक रोजगारमा जानेहरूमा यौन रोग कत्तिको देखिन्छ रु
तथ्यांक हेर्दा वैदेशिक रोजगारबाट फर्केकाहरूमा यस्ता समस्या धेरै देखिने गरेको छ । विभिन्न देशका ठूला शहरहरूमा रोजगारीमा गएका नेपालीहरू यौन समस्याबाट बढी पीडित छन् । श्रीमतीबाट टाढा बस्नुपर्दा र लामो समय एक्लै हुनुपर्दा मानिसले यौन चाहना मेट्न वैकल्पिक उपाय रोज्छ । उक्त समयमा ध्यान नपुर्‍याउँदा यौन रोगको संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले, विदेशका ‘रेड लाइट एरिया’ जस्ता स्थानमा गएर यौन सम्बन्ध राख्दा होश पुर्‍याउनुपर्छ ।
किशोरकिशोरी र युवा यौनजन्य रोगबाट कसरी बच्न सक्छन् ?
अहिले युवामा यौनजन्य संक्रमण बढेको पाइन्छ । दुर्गम स्थानमा कम उमेरमै हुने विवाह हुने र इन्टरनेटको सहजता ९पोर्न साइट, अश्लील सामग्रीको पहुँच०ले किशोर किशोरी र युवाहरू छिट्टै यौन क्रियाकलापमा संलग्न हुन्छन् । यसले गर्दा असुरक्षित गर्भ रहनेदेखि अन्य जटिल किसिमका स्वास्थ्य समस्या आएका छन् । शहरी क्षेत्रमा युवतीहरू आफूखुशी गर्भनिरोधका औषधि सेवन गरिरहेका छन् ।
यौनको मामिलामा विशेषगरी किशोरीहरूले आफ्नो भविष्यको जीवन सम्झेर पनि सतर्क हुनै पर्छ । अन्यथा, सन्तान जन्माउँनदेखि लियर वृद्ध अवस्थासम्म अनेकौं समस्या आउँछन् । युवाहरूले परिवार नियोजनका साधन र औषधिको दुरुपयोग गर्न हुँदैन । सम्बन्धित विशेषज्ञको परामर्शपछि मात्र औषधि लिनुपर्छ । रोगका कुनै लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ । थप जानकारी तथा पत्राचारको लागी ०६८५२२०१७ मा सम्पर्क तथा तलको ईमेल ठेगानामा पत्राचार गर्नुहोला ।

krishnasaiju98@gmail.com

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->