बागलुङ,२० बैशाख – सरकारले काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएर पठाएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लाई अध्यागमन बिभागमा सरूवा गरेर पठाउने निर्णय गरेको छ ।
खरेललाइ २०७५ साल जेठ १० गते बागलुङको कामु प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएर पठाएको थियोे ।सरकारले बागलुङ लगायतका १७ जिल्लामा सह सचिव लाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिने निर्णय गरेपनि अहिलेसम्म उप सचिव लाई मात्रै जिल्लामा जिम्मेवारी दिएर पठाएकाेछ ।





