बागलुङ, २० वैशाख – खानेपानीको सदुपयोग र सुरक्षाका लागि ग्रामीण बस्तीमा पनि मिटर जडित धारा जोड्ने काम शुरु भएको छ । बनाइसकेका सार्वजनिक धाराहरु पनि प्रयोगमा नआएको र पाईप लगाएर घरघरै लैजाने चलन बढेपछि निसीखोला गाउँपालिकाले ‘एक घर एक धारा’ अभियान चलाएको छ । ती धाराहरु मिटर जडित छन् । स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने भन्दै टोलटोलका पुराना योजनामर्मत र पुननिर्माण समेत गर्दै घरघरमै धारा जडानको काम थालिएको हो । घरघरमै मीटर जडान गरेर धारा जोड्दा पानीको संरक्षण समेत भएको तारानाथ पौडेलले बताए ।
बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ । देविस्थान, बोहोरागाउँ, निसी र भलकोट लगायतका बजार उन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेष्टुरेन्टमा पहिलो चरणमा यस्ता धारा जडान हुनेछन् । अभियान स्वरुप बोहोरागाउँस्थित झिँवाखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका १ सय ११ घर र स्थानीय बिद्यालयलाई धारा जडान गरिएको हो । सबैको घरमा धारा जडान गरेपछि मासिक ५० रुपैयाँका दरले मर्मत शुल्क संकलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ । धेरै पानी प्रयोगकर्ताले १ सय रुपैयाँसम्म तिर्नेछन् । निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियान समेत थालिएको छ ।
खानेपानी र सरसफाई अभियानका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले बिशेष पहल र लगानी समेत गरेको हो । यो योजना सफल पार्न नेवाले १९ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै गाउँपालिकाले १ लाख, स्थानीयले ४ लाख नगद र ५ लाख ७१ हजार रुपैयाँको श्रमदान गरेर ३० लाख ५९ हजार रुपैयाँमा आयोजना सम्पन्न भएको हो । यो खानेपानी आयोजना सफल बनाउन नेवाले समुदाय स्तरमा बाल क्लब गठन गरेर सरसफाई सम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामाग्री समेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए । सार्वजनिक धारामा कोलिफर्म मिसिने खतरा थियो । यो विधिबाट पानी बितरण गर्दा ट्यांकीबाटै कोलिफर्ममुक्त बनाएर पठाउने व्यवस्था गरिएको छ । ‘क्लोरिन लगायतको पदार्थ राखेर पानी बग्ने व्यवस्था गरिएकोले शुद्ध पानी खान पाइन्छ’ सिलवालले भने, ‘यसअघि बुंगादोभानमा पनि यस्तै बिधिमार्फत पानी खुवाईसकिएको छ ।’
र सरसफाई अभियानका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले बिशेष पहल र लगानी समेत गरेको हो । यो योजना सफल पार्न नेवाले १९ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै गाउँपालिकाले १ लाख, स्थानीयले ४ लाख नगद र ५ लाख ७१ हजार रुपैयाँको श्रमदान गरेर ३० लाख ५९ हजार रुपैयाँमा आयोजना सम्पन्न भएको हो । यो खानेपानी आयोजना सफल बनाउन नेवाले समुदाय स्तरमा बाल क्लब गठन गरेर सरसफाई सम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामाग्री समेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए । सार्वजनिक धारामा कोलिफर्म मिसिने खतरा थियो । यो विधिबाट पानी बितरण गर्दा ट्यांकीबाटै कोलिफर्ममुक्त बनाएर पठाउने व्यवस्था गरिएको छ । ‘क्लोरिन लगायतको पदार्थ राखेर पानी बग्ने व्यवस्था गरिएकोले शुद्ध पानी खान पाइन्छ’ सिलवालले भने, ‘यसअघि बुंगादोभानमा पनि यस्तै बिधिमार्फत पानी खुवाईसकिएको छ ।’





