मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

त्रिभुवन नमुना माविमा शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम

त्रिभुवन नमुना माविमा शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम


  • कमल पौडेल
  • बैशाख २० २०७६, शुक्रबार

बागलुङ ,२० बैसाख बागलुङ-त्रिभुवन नमुना मावि खर्वाङमा हस्तलेखन तालिम सम्पन्न भएको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको लागी प्रशिक्षक वोलाएर १५ दिने हस्तलेखन तालिम संचालन गरिएको थियो। पर्वतबाट आएका प्रशिक्षक गोविन्द गौतमले दुई सातामा शिक्षक तथा विद्यार्थीहरुको हस्तलेखन कलाको विकास भएको बताए विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउनको लागी तालिम संचालन गरिएको प्रधानाध्यापक ढालमणि भण्डारीले वताए। विदाको दिनमा शिक्षकहरुलाई र अन्य दिनमा विद्यार्थीहरुलाई सो तालिम दिइएको हो। तालिम पछि शिक्षक तथा विद्यार्थीहरु उत्साहित भएका छन्। प्रशिक्षक गौतमले निजि केहि विद्यालयले यस प्रकारको तालिम संचालन गर्ने गरेको भएपनि सामुदायीक विद्यालयमा पहिलो पटक तालिम दिएको दावी गरे। तालिमको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख समेत रहेका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत कृष्णराज रेग्मीले अनुगमन समेत गरे । अन्तिम दिन शुक्रवार शुक्रवारिय कार्यक्रम अन्तरगत हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ। जस अन्तरगत पूर्व प्राथमिक तहतर्फ कक्षा ३ कि पवित्रा राना प्रथम, कक्षा २ कि दिपा वुढाथोकी द्धितिय र कक्षा २ कै निश्चल शेरचन तृतिय भएका छन्। त्यस्तै प्राथमिक तह तर्फ कक्षा ५ का सिम्रन राना प्रथम, कक्षा ४ का सविना वेगम द्धितिय र कक्षा ४ कै सिर्जना राना तृतिय भएका छन्। त्यस्तै आधारभुत तह तर्फ कक्षा ८ कि निसा आचार्य प्रथम, कक्षा ६ कि पायल घर्ति द्धितिय तथा कक्षा ७ का आसिर्वाद घर्ति तृतिय भएका छन्। त्यस्तै माध्यमिक तह तर्फ कक्षा नौ कृषि धार तर्फका समिर काउचा प्रथम, कक्षा १० का सुस्मीता थापा द्धितिय तथा कक्षा १० कै समसुलक अलि तृतिय भएका छन्। अंग्रेजी माध्यम तर्फ तहगत र नेपाली माध्यम तर्फ कक्षागत रुपमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->