शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जापनिज असुन्धानकर्ताको उपस्थितीमा प्रगतिमा शैक्षिक अन्तरक्रिया

जापनिज असुन्धानकर्ताको उपस्थितीमा प्रगतिमा शैक्षिक अन्तरक्रिया


  • थम्मन थापा
  • बैशाख २० २०७६, शुक्रबार

गलकोट ,२० वैशाख -प्रगति आधारभुत विद्यालयमा मल्ममा शुक्रवार शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर, आर्थिक अवस्था, शिक्षकको दरबन्दी, भौतिक पुर्वाधार लगायतको विषयमा अन्तरक्रिया गरिएको विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले जानकारी दिए । जापनिज अनुसन्धानकर्ता टानका मास्कोरले विद्यालयमा भएका समस्या, विद्यार्थीको नियमित अनियमित, पढाईमा रुचि, शिक्षाको स्तर, दलित, विपन्न र जेहेन्दार विद्यार्थीको संख्या लगायतका तथ्याङ्क संकलन गरेका छन साथै उनीहरुले आगामी दिनमा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्षलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा समेत व्यक्त गरेका थिए । शैक्षिक अन्तरकृयामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक स्टाफ लगायतको सहभागिता रहेको थियो । अन्तरकृयामा उठेका जिज्ञासाहरुको विद्यालयले प्रष्ट पारेको थियो । शैक्षिक अन्तरकृया कार्यक्रम प्रगति आधारभुत विद्यालय मल्मको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->