गलकोट,२१ बैशाख – गलकोट नगरपालिकाको स्थापना कालमा निमित्त प्रमुखको जिम्मेबारी सहित गलकोट आएका माधबप्रसाद शर्मालाई शुक्रवार गलकोट नगरपालिकाले बिदाई गरेको छ ।
शर्माको बागलुङ नगरपालिका सरुवा भएको छ । शर्मा राज्यको पुर्नसंरचना संगै गलकोट नगरपालिकाको कार्यालय स्थापनामा हुदा फाल्गुणको २७ गलकोट नगरपालिकाको निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए । हाल उनि नायब सुब्बाको रुपमा कार्यरत थिए । समायोजनबाट अधिकृत छैंटौं पदमा बढूवा भई बागलुङ नगरपालिका जान लागेका हुन ।
शर्मालाई बिदाई गदैं नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकामा रहदा शर्माले पुर्याएको योगदान र कार्यसम्पादन शैलीको प्रसंशनिय रहेको बताउदै शुभकामना दिएका थिए । सो अबसरमा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले बिदाई तथा शुभकामना मन्तब्य राखेका थिए ।
बिदाई कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकिय अधिकृत तुलबहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।





