बुर्तिबाङ,२१ बैशाख -भिरबाट लडेर गम्भिर घाइते भएकी बागलुङको ढोरपाटन नगरपालिका २ निवासी फुलमति कुमाल केहीदिन देखि अस्पतालमा छटपटाइरहेकी छन् ।
ढोरपाटन नगरपालिका वडा नं २ सिमलचौर निवासी २२ वर्षीय कुमालको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा समस्या परेको छ । गत बैशाख ११ गते बिहान ९ बजेको समयमा घर नजिकैको जंगलमा घासँ काट्ने क्रममा भिरबाट लडेपछि उनको दुबै खुट्टा भाँचिएको तथा टाउकोमा गहिरो चोट लागेको छ।
भिरबाट लडे लगतै उनलाई बुर्तिबाङ बजार स्थित बुर्तिबाङ प्राथमिक स्वास्य केन्द्रमा भर्ना गरिएको थियो । यहाँ उपचार गर्दा दुबै खुट्टा भाचिँएको र टाउकोमा गहिरो चोट लागेकाले उपचार सम्भव नभएपछि उनलाई लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगेर उपचार गरिरहेको उनका ससुरा रामबहादुर कुमालले बताए।
उनको उपचारमा अहिलेसम्म करीब रु ५—६ लाख सकियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन, उनका श्रीमान मनबहादुर कुमालले भने “ श्रीमतिको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।” सामान्य ज्याला मजदुरी गरेर जिबिकोपार्जन गरिरहेका कुमालले उपचारमा सहयोग गरिदिन अपिल गरे ।
आर्थिक अवस्था कमजोर भएको कुमाल परिवारलाई बुहारीको उपचार खर्च जुटाउन यतिबेला धौधौ परेको छ । स्थानीय निकाय ढोरपाटन नगरपालिकाले उनको उपचारमा थप सहयोग पुगोस् भन्ने हेतुकासाथ आर्थिक सहयोग गरिदिन सिफारिस गरेको छ । उनका आफन्तहरु बुर्तिबाङ बजार आसपासका क्षेत्रमा स्थानियहरुसँग चन्दा संकलन गरिरहेका छन् ।
अहिलेसम्म यो अभियानमा करीब रु ८० हजार संकलन भएको उनका जेठाजु देवबहादुर कुमालले जानकारी दिए। फुलमतिको एउटा खुट्टाको अप्रेसन भइसकेको र अर्को खुट्टाको अप्रेसन गनुपर्ने र अझै केही महिना लाग्ने बताइएको छ । उनि अझै २ महिना अस्पताल बस्नुपर्ने अस्पताल श्रोतले जनाएको छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।
कसैले सहयोग गर्न चाहेमा श्रीमान मनबहादुर कुमाल लाई ९८६९५३२०८८ मा सम्पर्क गर्न सकिने छ ।





