मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निसिमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा ग्रेडरले च्यापिएर कृष्णको मृत्यु

निसिमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा ग्रेडरले च्यापिएर कृष्णको मृत्यु


  • दिनेश शर्मा
  • बैशाख २१ २०७६, शनिबार

बाग्लुङ,२१ बैशाख – बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका-६ जाउलेपानीमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा बाटो सम्याउने ग्रेडर मेशिनले च्यापिएर एक जनाको ज्यान गएको छ।
शनिवार दिउँसो काम गर्दै गर्दा आफैले चलाउने मेशिन रोकेर पिसाब गर्न झर्ने क्रममा हातको ब्रेक (हेन्ड ब्रेक ) नलगाइकन झर्दा ग्रेडर मेसिन अचानक अगाडि बढेपछी च्यापिएर मेसिन का चालक ३० बर्षिय ग्रेडर अपरेटर कृष्णहरि थापाको मृत्यु भएको प्रत्यक्षदर्शी मध्यपहाडी लोकमार्गका सबइन्जिनियर अर्जुन गौतमले जानकारी दिए।
मृतक ग्रेडर चालक थापा सर्लाही जिल्ला साबिक को पैयानिपुर गाबिस – ९ निवासी भएको श्रोतले बताएको छ।घटना पश्चात् ग्रेडर मेसिन भित्तामा ठोकिन पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->