बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘बहिराहरु लाटा हैनन् !’

‘बहिराहरु लाटा हैनन् !’


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७६, आइतबार

पोखरा, २२ वैशाख – पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको आयोजामा पन्ध्र दिने लामो सुनाइ अपाङ्गतामा आधारित समावेशी शिक्षा, शिक्षक तथा सांकेतिक भाषा पुनर्ताजगी तालीम सम्पन्न भएको छ ।
पेशागत दक्षता अभिवृद्धि तथा अपाङगता भएका व्यक्तिहरुको समावेशिकरण सहज पहुँच बढाउने उदेश्यले तालीमको आयोजना गरिएको हो । तालीममा ३४ जना सहभागी रहेका थिए । समाबेशी शिक्षा विशेषज्ञ डाक्टर बाबुराम ढुंगाना तालीमका प्रमुख प्रशिक्षक थिए । देखेर सिक्ने बहिरा विद्यार्थी हरुकालागि बद्री लामिछाने, विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्माले प्रशिक्षण दिएको कार्यक्रमको संचालन किरण श्रेष्ठले गरेका थिए ।
उक्त तालिमको समापनमा ंसहभागिहरुलाइ प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद राजिब पहारीले बहिराको हक र हित को पक्षमा सदैब आवाज उठाइ रहने प्रतिबद्धता व्यक्त गरे । शिक्षक रुद्र पहारी र साबित्री बरालले बहिरा बिद्यालयको इतिहासमा पहिलो पटक बहिरा शिक्षण मैत्री तालिम प्राप्त गरेको जानकारी दिए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बरालले तालिममा सिकेका कुरा कक्षा कोठामा समेत प्रयोग हुनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा छात्रबास व्यवस्थापन समितिका संयोजक ऋषि राम पौडेल , शिक्षक अभिभावक संघका सदस्य सिद्धीमान केसी ,लामाचौर अपांगता स्वावलम्बन समाजका अध्यक्ष रमेश कार्कीलगायत उपस्थित थिए ।
शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि तालीम फलदायी भएको प्रधानाध्यापक अनिता सिग्देलले बताइन । सिर्जना बहिरा बिद्यालयमा हाल ४६ जिल्लाका २६४ जना बहिरा अपांगता भएका विद्यार्थीहरु अध्ययनरत छन । नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सन्चालन भइरहेको बताउँदै प्रधानाध्यापक सिग्देलले छरछिमेक कतै कान नसुन्ने मुख नबोल्ने बालबालिका भएमा विद्यालयमा पठाउन आग्रह गरिन् । उनका अनुसार त्यस्ता विद्यार्थीहरुको लागि निः शुल्क आवास सुबिधा सहितको व्यवस्था रहेको छ । कार्यक्रममा बहिराहरु समाजको बहुप्रतिभावान अभिन्न अंग भएको र उनीहरुल सपाङ्गलेभन्दा राम्रो काम गर्न सक्ने बताइएको थियो ।
साङ्केतिक भाषामा हातका इसारा, ओठ र अनुहारको हाउभाउले अक्षर, शब्द वा परिस्थितिलाई बुझाउने काम गरिन्छ । सबैतिर साङ्केतिक भाषा एउटै हुन्छ तर शब्दकोश भिन्नाभिन्नै हुन्छ । कान नसुन्ने मान्छेलाई सबैले लाटो भनेर बोलाउने गरे पनि साङ्केतिक भाषा पढेको व्यक्ति लाटो नभएको र उसले संवाद गर्न सक्छ भन्ने सन्देश समाजलाई दिनुपर्नेमा पनि कार्यक्रममा जोड दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->