मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कुश्मामा १०८ पिपलको विरुवा रोपेर ॐ आकारमा पार्क तयार गरिने

कुश्मामा १०८ पिपलको विरुवा रोपेर ॐ आकारमा पार्क तयार गरिने


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७६, आइतबार

पर्वत,२२ बैशाख – कुश्मा नगरपालिका–७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने भएको छ। कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको हो।

प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ। सो पार्कभित्रै तयार गरिने पोखरीको बीचमा वुद्धको मूर्ति राखिनेछ। पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ।

पिपलको बोटमुनि वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गर्नु भएकोले पिपललाई पूजा गर्ने गरिन्छ भने आधुनिक बिज्ञानले पिपलले सबैभन्दा धेरै अक्सिजन छाड्ने विरुवाको रुपमा लिने गरिएकोले यस्को धार्मिक र बैज्ञानिक दुबै दृष्‍टिकोणले ठूलो महत्व छ। १०८ लाई हिन्दू, बुद्धिस्ट र योगा परंपरामा ठूलो महत्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको हो। । ॐ पार्क कुश्मा पुग्नु अगावै मुस्ताङ जाने राजामार्गसँग नै जोडिने भएकोले पार्कलाई राजामार्गबाट नै देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->