शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ओखरबोटमा जेठ ४ गते निशुल्क स्वास्थ्य शिबिर

ओखरबोटमा जेठ ४ गते निशुल्क स्वास्थ्य शिबिर


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७६, आइतबार

गलकोट,२२ बैशाख- गलकोट नगरपालिका बाड नम्वर ४ खरुवामा जेठ ४ गते शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गलकोट नगरपालिका वडा नम्वर ४ को कार्यालय, रेडक्रस सोसायृटि गलकोट हटियाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल (हेन)को सहयोगमा शिबिर सञ्चालन हुन लागेको हो । कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल काभेपलाञ्चोक र सिया फार्मेसि तथा मिनभवन औषधी पसलको सह आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको वडा अध्यक्ष बलबहादुर खत्रीले जनाकारी दिए। शिबिरमा हाडजोर्नि, स्त्री रोग, दन्त, मधुमेह, आखा , नशा सम्बन्धी समस्या भएका बिरामिहरुको निशुल्क उपचार गरिने छ । शिबिरमा आन्द बन अस्पतालका डा.जयराज शर्मा, परोपकार प्सुति अस्पतालका डा.बालगोबिन्द चौधरी, धुलीखेल अस्पतालका डा. दिल बहादुर तामाङ, डा. बिजेश चोधरी, शिभिल अस्पतालका डा. शिबराम न्योपाने आउने बडा कार्यालयले जनाएको छ । शिबिर खरुवा माध्यमीक बिद्यालय ओखरबोट मा सञ्चालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->