पोखरा,२३ बैशाख – बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेकोे छ ।
‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सामाग्री बितरण गरेकोे हो ।
फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको फाउन्डेशनका अध्यक्ष दीलपराज श्रेष्ठले जानकारी दिए । बाल अधिकार संरक्षण र प्रवर्धन तथा बाताबरण संरक्षणले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी बाल अधिकार र बातावरणलाई नै कार्यक्षँेत्र बनाएको संस्थाले हालसम्म एक हजार १ सय जना बालबालिका लाभान्वित भैसकेको र यसबर्ष मात्र करीव पाँच सय बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न लागिएको फाउन्डेशनका सचिव टंकराज अधिकारीले बताए ।
यसैबीच फाउन्डेशनले आईतवार मात्रै पोखरा महानगरपालिकाका वडा नं २ स्थित विन्ध्यवासिनी मा.वि., वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मा.वि. एवम् वडा नं १६ का विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
फाउन्डेशनले वातावरणीय संरक्षणका लागि बृक्षारोपण र फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गर्दै आएको छ ।





