शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवयुग प्राथमिक बिद्यालयबारे प्रकाशित समाचार भ्रामक

नवयुग प्राथमिक बिद्यालयबारे प्रकाशित समाचार भ्रामक


  • घनश्याम गौतम
  • बैशाख २३ २०७६, सोमबार

गलकोट,२३ बैशाख – नवयुग प्राथमिक विद्यालय हरिचौरमा ५ जना विद्यार्थी पढाउन तीनजना शिक्षक भन्ने समाचार गलत भएको बिद्यालयले जनाएको छ । केहि दिन पहिले सम्म हरिचौर कौलेनी स्थित नवयुग प्राथमिक विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत थिए । तर अहिले जम्मा ५ जना मात्र रहेका छन् । कसरी विद्यार्थीहरुलाई आकर्षित गर्ने भन्ने सकारात्मक सोँच तिर बिचारै नगरी गत शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खत्रीको अध्यक्षता बसेको बैठकले विद्यालयबाट आफ्ना बालबालिकालाई अन्य विद्यालयहरुमा भर्ना गर्न लैजाने अभिभावकहरुलाई गल्कोट नगरपालिकाबाट प्राप्त हुन सिफारिस लगायत अन्य सुविधाहरुबाट बन्चित गर्न नगरपालिकालाई अनुरोध गर्ने प्रस्ताव पारीत गरेको भन्ने समाचार गलत भएको भन्दै बिद्यालयले त्यस्तो कुनैपनि निणय नगरेको बिद्यालयका प्रधाध्यापक राम बहादुर खत्रीले जानकारी दिए  । समाचार अनलाइन पोर्टल मार्फत बिभिन्न समाजिक सञ्जालमा देखेपछि गलकोट नगरपालिकाका सामाजिक बिकास समिति सयोजक तथा प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तले स्थलगत निरिक्षण गरेका छन। भण्डारीले सामाजिक सञ्जालमा भएको समाचार गलत भएको बताउदै आज बिद्यालयमा २३ जना बिदाथी उपस्थीत रहेको बताए।

बिद्यालयमा भर्ना भएका २६ मध्ये आज आज नवयुग प्राथमिक बिद्यालयमा कक्षा नर्सरिमा ५ जना, केजिमा ७ जना कक्षा १ मा ४ जना कक्षा २ मा २ जना कक्षा ४ मा २ जना र कक्षा ५ मा ३ जना गरि २३ जना बिद्यार्थी बिद्यालयमा उपस्थीत रहेको संयोजक भण्डारीको भनाईछ । भण्डारीले यस्ता गलत समाचारको प्रभाबमा नपरि अभिभाबक सचेत हुन आग्रह गरे ।

प्रधानाध्यापक राम बहादुर खत्रीले बिद्यालय सेवा क्षेत्रमा घरदैलो कार्यक्रम    समेत सञ्चालन  गरेको जनाकारि दिए  ।  खत्रीका अनुसार गलकोट नगरपालिकामा सिफारीस रोक लगाउने गरि कुनैपनि निणर्य भएको छैन् । सेवा क्षेत्रभित्रका बिद्याथीलाई कसरि बिद्यालयमा ल्याउन सकिन्छ भन्ने छलफल भएको बिद्यालयले जनाएको छ । हाल कक्षा कक्षा ५ सम्म पठनपाठन हुने नवयुग प्राथमिक विद्यालयको प्रधानाध्यापकका रामबहादुर खत्री र अन्य दुई शिक्षिकाहरुमा कोपिला खत्री र जानकी बुढाथोकी कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->