गलकोट,२४ वैशाख – आर्थिक बर्ष २०७६÷०७७ को योजना तर्जुमाको लागी गलकोट नगरपालिकाले आयोजना गरेको आत्मनिभरमुखी गलकोटको लागी कृषि उत्पादनका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटलाई कृषिमा आत्मनिभर बनाउन कृषि प्रतिको सोचमा परिबर्तन गराउनुपर्ने बताए । गैरेले कृषि पेसालाई आत्मनिभरमुखी र मर्यादित बनाउन आजबाटै लाग्नुपर्नेमा जोड दिए।कार्यक्रममा उपप्रमुख रेनुका काउचाले गलकोट नगरपालिका क्षेत्रभित्रका कृषि समिति। ब्यबसायिक कृषकहरुले राखेका अपेक्षा र गुनासोलाई सम्बोधन हुने गरि आगामी निति कार्यक्रम सार्बजनिक गर्ने जानकारी दिइन । कृषकहरुको सुझाबको आधारमा निति कार्यक्रम बनाउदा बढि प्रभाबकारि हुने बताउदै प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले कृषकलाई सम्बोधन गर्न नगरपालिकाले छलफल तथा अन्तरक्रिया कार्यक्तमको आयोजना गरेको बताए।
कृषि उपजको बजारीकरणको लागी मध्यनजर गरि आगामि आथिक बर्षबाट गलकोट नगरपालिकाको ४ ओटा स्थानमा कृषि संकलन केन्द्र स्थापना गरिने भएको छ । गैरसरकारी सस्था लिर्वडसंगको सहकार्यमा कृषि संकलन केन्द्र सञ्चालनमा ल्याईने गलकोट नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागि कृषकहरुले गलकोट क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भएको, निवार्हमुखीकृषि प्रणालिबाट ब्यबसायिकरण गर्न युवालाई कृषिमा आकर्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने कृषि संकलन केन्द्र स्थापना गर्नुपर्ने माटोपरिक्षण, सिचाईको ब्यबस्था, सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, कृषि उपजको माग र पुर्तिको भरमा मुल्य निधारण गर्नुपर्ने, कृषि मा सहजरुपमा गराउनुपर्ने लगाएतका बिषयमा जिज्ञासा तथा गुनासा राखेका थिए ।
कार्यक्रममा गलकोट नगरपालिका बाड नम्बर ६ का बाड अध्यक्ष नर बहादुर खत्री, कृषि समन्वय समिति सयोजक शिब कुमारी खत्री, सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतम लगाएतले कृषिको निति कार्यक्तममा समाबेश गर्नुपर्ने बिषयबस्तुको बारेमा शुझाब मन्तब्य राखेका थिए । कार्यक्रम गलकोट नगपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलको स्बागत तथा कृषि तथा पशु सेवा साखा प्रमुख चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





