बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

म्याग्दीमा बस दुर्घटना ; १६ जना घाईते

म्याग्दीमा बस दुर्घटना ; १६ जना घाईते


  • ध्रुबसागर शर्मा
  • बैशाख २५ २०७६, बुधबार

म्याग्दी २५ बैशाख – म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको याुत्रवाहक वस बुधवार दिउँसो ४ बजे बेनी नगरपालिका–९ भुतुलादैलोमा दुर्घटना हुदा १६ जना घाईते भएका छन् । बेनीदेखि तोरापानी जादै गरेको ना ५ ख ५७२४ को बस दुर्घटना भएको हो । बस दुर्घटनामा घाईते भएका सबैलाई बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा मा उपचारका लागि ल्याईएको छ । बस दुर्घटनामा परेका मध्य बेनी नगरपालिका ९ तोरीपानीका रुद्रबहादुर चोखाल थप उपचारका लागि पोखरा मणिपला अस्पतालमा रिफर गरिएको छ ।

तोरीपानीका सुर्यप्रकाश बाँनिया, ४५ बर्षिय मिठु परियार, तोरीपानीकी १९ बर्षिय दुर्गा केसी, टोड्केका १४ बर्षिय रतन थजाली, तोरीपानीका मनिषा पौडेल, नारायण काकी, खिनामति आचार्य, याम चोखाल, बेनपा १० पात्लेखेतकी पवित्रा सार्की, बेनपा ९ को ४८ बर्षिय बसन्त शर्मा, ४३ बर्षिय पुस्कल शर्मा, बेनपा १० को दिपक छिनाल, बेनपा १० को ५३ बर्षिय चन्द्रबहादुर सार्की र बेनपा ९ को १५ बर्षिय सागर परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

उकालोमा स्टेरिङ नमोडेपछि दुर्घटना भएको चालक हरि भण्डारीलाई उद्घृत गर्दै प्रहरीले जानकारी दिएको छ । उकालोमा एक्कासी बसमा समस्या दखिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->