शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पेसालाई चिनेर उत्तदायित्व वहन गर्न आवश्यक : उपप्रमुख काउचा

पेसालाई चिनेर उत्तदायित्व वहन गर्न आवश्यक : उपप्रमुख काउचा

उच्च शिक्षामा शैक्षिक क्षमता अभिबृद्धिको लागि पुर्नताजगी तालिमको समापन


  • घनश्याम गौतम
  • बैशाख २७ २०७६, शुक्रबार

गलकोट,२७ बैशाख – गलकोट नगरपालिकाकि नगर उपप्रमुख रेनुका काउचाले आफुलाई र आफ्नो पेसालाई चिनेर उत्तदायित्व बहन गर्नुपर्ने बताइन ।गलकोट बहुमुखी क्याम्पसको आयोजनामा उच्च शिक्षामा शैक्षिक क्षमता अभिबृद्धिको लागि पुर्नताजगी तालिमको शुक्रवार समापन कार्यक्रममा बोल्दै काउचाले शिक्षालाई प्रभावकारि रुपमा सञ्चालन गर्न गलकोट नगरपालिकाले निर्माण गर्ने शिक्षा नितिमा समाबेश गरि कार्ययोजना निर्माण हुने भएकोले सकारात्मक सुझाब दिन यो तालिमले सहयोग गनुग्ने विस्वास ब्यक्त गरिन ।

उनले राजनितिज्ञहरु धेरै हावाको भरमा बोल्ने गरेको बताउदैं हरेक कुरालाई सुक्ष्म रुपमा अनुसन्धान गरी तथ्याङको आधारमा बोल्नुपर्ने बताइन । गलकोट माध्यमिक बिद्यालयका पुर्ब बिद्यार्थी तथा त्रिभिबन बिश्बबिद्यालयका सह प्रध्यापक लोकराज रेग्मीले गलकोट बहुमुखि क्याम्पसमा त्रिभुवन विश्व विद्यालयबाट शुल्क व्यवस्थापन गरि परिक्षा केन्द्र सञ्चालन गर्न माग गर्ने प्रतिवद्धता जनाउदै शिक्षक तथा प्राध्यपकहरुलाई अध्ययन अध्यापनलाई सहजता प्रदान गर्न तालिम प्रदान गरिएको बताए । ३ दिने तालिममा सहभागि शिक्षक तथा बिद्याथीले तालिमले उत्प्रेरणा जगाएको र ब्यबाहारि कुराहरुको जानकारि पाएको बताएका छन् ।
कार्यशालामा त्रिभुबन बिश्बबिद्यालयमा प्राध्यापक डांक्टर बासुदेब काफ्ले तथा प्रध्यापक डाक्टर पारशमणि भण्डारीको नेतृत्बमा ६ जना प्रध्यापकहरुले उक्त कार्यशालाको सहजिकरण गरेका थिए। कार्यशालामा सह–प्रध्यापक रामजी गौतम, सह–प्रध्यापक गगाँराम गौतम, सह–प्रध्यापक लोकराज रेग्मी र प्रध्यापक डा. टिकाराम गौतमले सहजिकरण गरेका थिए ।
तालिममा अनुसन्धान बिधि, शिक्षामा बिकास भएका प्रक्रियाहरु, प्राग्रिक लेखन तथा प्रकाशन, उच्च शिक्षामा २१ औ सताब्दीका शिक्षणशिकाई, कार्यमुलक अनुसन्धान तथा गलकोट क्षेत्रमा भैरहेको शैक्षिक क्रियाकलापलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न तथा समय अनुसार ब्यबाहारिक बनाउनको लागि गर्नुपर्ने सुधारका कार्यक्रम लगाएतको बिषयमा सहजिकरण गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रम क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारीको अध्यक्षता, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतमको स्वागत तथा सहायक प्रध्यापक रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->