बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भरतपोखरीमा नाला निर्माणकार्य तीव्र

भरतपोखरीमा नाला निर्माणकार्य तीव्र


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७६, शुक्रबार

पोखरा, २७ बैशाख – पछिल्ला समयमा तीव्र बजारीकरण भैरहेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ ।
महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा महानगरपालिकाको योजना अनुरुप भरतपोखरी बाघमाराको पानी टंकी चैनपुर क्षेत्रमा नाला सञ्जाल निर्माण कार्य थालिएको हो ।
महानगरपालिकाको सहयोगमा क्रमागत योजना अन्तर्गत पहिलो चरणमा उक्त क्षेत्रको एक सय ८५ मिटर नाला निर्माण कार्य भैरहेको छ ।
क्रमागत योजना अन्तर्गत प्रथम चरणमा २० प्रतिशत जनसहभागिता सहित कुल १५ लाख रुपैयाँ लागतमा निर्माण कार्य भैरहेको पानी टंकी चैनपुर बाटो स्तरोन्नति तथा नाला सञ्जाल निर्माण समितिका अध्यक्ष मदनप्रसाद अधिकारीले जानकारी दिए ।
योजना अन्तर्गत पानी टंकी चैनपुर क्षेत्रको बाटो स्तरोन्नतिका साथै पानीको सहज निकासको लक्ष्यका राखिएको अधिकारीले बताए । पहिलो चरणको निर्माण कार्य आगामी असार १० गतेसम्म सक्ने सम्झौता भए पनि जेठ १५ भित्रै सक्ने गरी तीव्रताका साथ काम गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->