बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सृजनामा अंग्रेजी वादविवाद

सृजनामा अंग्रेजी वादविवाद


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७६, शुक्रबार

पोखरा,२७ बैशाख – सृजना आवासीय माध्यमिक विद्यालयमा पोखरा-८ मा अतिरिक्त कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक अंग्रेजी वादविवाद सम्पन्न भएको छ। उक्त कार्यक्रममा कक्षा ९ र १० को समुहमा आयुषा आचार्य १०‘ख’ पहेलो सदन, अनुश्का सुवेदी ९ ‘ख’ पहेलो सदन, सविना भण्डारी ९ ‘ख’ निलो सदन र सुमन नेपाली कक्षा ९ ‘ख’ रातो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । आधारभूत तह कक्षा ६ देखि ८ सम्म सम्पन्न कार्यक्रममा दर्शन अधिकारी ७ ‘क’ पहेलो सदन, सुवेक्षा अधिकारी ८ ‘ख’ हरियो सदन र सौगात गिरी ७ ‘ख’ पहेलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कुरा विद्यालयका शिक्षक अभिषेक कुँवरले बताएका छन् । त्यसैगरी प्रा.वि.तह तर्फ (४ र ५) सम्पन्न कार्यक्रममा स्वस्तिका सिंह ५ ‘ख’ पहेला सदन, संरचना बुढाथोकी ५ ‘ख’ निलो सदन र निशा भट्ट ४ ‘क’ रातो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कुरा प्राइमेरी इन्चार्ज बिनिता थापाले बताइन् । उक्त कार्यक्रम विद्यालय सह–प्राचार्य गोपाल थापाको अध्यक्षातामा सम्पन्न भएको विद्यालयले जनाएको।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->