बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नवदम्पत्तीद्वारा बालबालिका लाई पोशाक बितरण

नवदम्पत्तीद्वारा बालबालिका लाई पोशाक बितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७६, शनिबार

पोखरा,२८ बैशाख – विवाहको खर्च कटाएर यहाँका एक जोडी दम्पत्तीले बिद्यालयका बालबालिका लाई पोशाक बितरण गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २० का इन्जिनियर श्याम पौडेल र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी अध्यक्ष दुर्गा शर्माले आफ्नो बिबाह उत्सवको अवसरमा पोखराको भलामकै महेन्द्र राष्ट्रिय आधारभूत बिद्यालयका ४२ जना बालबालिका लाई पोशाक बितरण गरेका हुन् ।

शुक्रवार आयोजित एक कार्यक्रममा उनीहरुले बालबालिकालाई समय समयमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । अधिकांस दलीत बालबालिका पढ्ने यो बिद्यालयमा पढ्ने धेरै बालबालिकाहरु आर्थिक रुपमा बिपन्न भएकोले छनौट गरिएको शर्माले बताईन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सुवास मल्ल र नवदम्पत्तीले बालबालिका लाई सामाग्री हस्तान्तरण गरेका थिए । बालबालिका लाई पोशाक बितरण गर्दा बिद्यालय नियमित बनाउन हौसला थपिएको प्रधानाध्यापक नारायण गौतमले बताए । गत मंसिर २९ गते उनीहरुको बिबाह भएको थियो । रोट्रयाक लगायतका सामाजिक संस्थामा आवद्ध भएका युवाले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगी क्रियाकलाप नियमित गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->