पोखरा ,२८ बैशाख – पोखरामा भाईको कुटाई बाट आफ्नै दाई घाइते भएका छन् । पोखरा महानगरपालिका १६ अर्मला डिहिगाउँका १८ बर्षीय अर्जुन बि.क.ले २८ बर्षीय दाजूराजु बि.क.लाई कुटेका हुन् । घरायसी विवादका कारणले अर्जुनले राजुलाई ढुङ्गाले टाउकोमा प्रहार गरि घाईते बनाएका हुन् ।घाइते राजुलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।





