बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सार्दीखोला पोखरा सम्पर्क समाजमा बमबहादुर

सार्दीखोला पोखरा सम्पर्क समाजमा बमबहादुर


  • Dhorpatan News
  • बैशाख २८ २०७६, शनिबार

पोखरा २८ बैशाख -सार्दीखोला पोखरा सम्पर्क समितिको शनिबार सम्पन्न चौथो अधिवेशनले बम बहादुर गुरुङको अध्यक्षतामा पुन १५ सदस्यीय कार्य समिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा लोकनाथ आचार्य,उपाध्यक्ष मनसुबा गुरुङ ,सचिवमा निलराज आत्रेय,कोषाध्यक्षमा भोजराज आचार्य र सह सचिवमा अनिल गुरुङ चुनिएका छन । त्यस्तै समितिको सदस्यहरूमा सु.शेर बहादुर गुरुङ ,सुरज गुरुङ ,मन कुमारी गुरुङ ,तेजबहादुर गुरुङ ,कमला गुरुङ ,आश कुमारी गुरुङ ,हिरा बहादुर घले ,इन्द्र काजी गुरुङ र दुर्गा लक्ष्मी गुरुङलाई चुनेको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल सेकोर्स अफ बेल्जियमका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले आफ्नो संस्थाले सार्दीखोलामा लगानी गर्ने प्रतिबद्धता जनाए ।उनले सार्दीखोलाले दिएको सम्मानलाई कहिल्यै नभुल्ने बताए ।भिजन लुम्बिनीका लेखनाथ पाण्डेले सार्दीखोलाको बिकासमा सहकार्य गर्ने विश्वास दिलाए । समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा माछापुच्छ्रे गाउँपालिका बडा नं २ का अध्यक्ष विक्रम गुरुङ ,माछापुच्छ्रे मावि भुर्जुङखोलाका प्रअ सन्तोष आचार्य,सल्लाहकार संयोजक अमर बहादुर गुरुङले सार्दीखोलाको बिकास सम्पर्क समितिले खेलेको भुमिकाको चर्चा गरेका थिए।अधिवेशनमा सचिव निलराज आत्रेयले सांगठनिक र प्रगति प्रतिबेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरेको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->