बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सूर्यचन्द्र बिकास समाजमा केदार

सूर्यचन्द्र बिकास समाजमा केदार


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७६, शनिबार

पोखरा २८ बैशाख – सूर्यचन्द्र बिकास समाजको २५ औं साधारण सभा तथा १३ औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नयां कार्यसमिति समेत चयन भएका छन् । समाजको नवनिर्वाचित अध्यक्षमा केदार कोईराला, उपाध्यक्ष कृष्ण बराल, महासचिव कमला गौतम, सचिव साबित्री कोईराला, कोषाध्यक्ष हेमराम भण्डारी रहेका छन् । सदस्यहरुमा महेश्वर बराल, दिपक बराल सृजना शाह, कल्पना भुवाजी (क्षेत्री), गोबिन्द पराजुली र कल्पना सुनार रहेका छन् । समाजको कार्यकारी निर्देशकमा बसन्तराज भण्डारी, पदेन सदस्य गायत्री भूर्तेल रहेकी छन् ।

नवनिवाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै वडा नं ५ का अध्यक्ष धन बहादुर नेपालीले सूर्यचन्द्र बिकास समाजले ल्याएका कार्यक्रममा वडा सहयोग गर्ने आश्वासन दिए । उनले भने ‘तपाईहरु अझै राम्रा काम गर्दै जानुहोस हामी सहयोग गर्नेछौं ।’ सो अवसरमा नवनिर्बाचित अध्यक्ष केदार कोईरालाले सूर्यचन्द्र बिकास समाजले सामाजिक काममा आफुलाई सर्मपित गर्ने प्रतिवद्धता जनाए ।

यस अधिबेशनको औपचारिक रुपमा उद्धाटन गर्दै गण्डकी प्रेदेशसभाका उपसभामुख सृजना शर्माले एउटा संस्था जन्माउने मात्रै होईन जिवन्तता दिनु ठूलो कुरा भएको बताइन् । २५ बर्ष सम्म संस्थालाई निरन्तरता प्रदान गर्न सक्नु उपलब्धी भएको बताईन् । उनले प्रदेश सरकारबाट सहयोग गर्ने आश्वासन दिईन् । प्रदेश सरकारले सबैको सहयोगको अपेक्षा गरको बताईन् ।

सो अवसरमा सूर्यचन्द्र बिकास समाजलाई आर्थिक सयोग गर्ने दाता साबित्री नेपालीलाई दोसल्ला र कदरपत्र द्धारा सम्मान गरिएको थियो । नेपालीले रु २६ हजार ५ सय ५१ रुपैया प्रदान गरेकी थिईन । कार्यक्रममा वडा सदस्य उज्वल खत्री, नेकपाका वडा नं ५ का नेता बिष्णु बराल ,नारायण शाही धर्मस्थली अधारभूत बिद्यालयका अध्यक्ष शिव प्रसाद पराजुली, संस्थाका अध्यक्ष गायत्री भूर्तेल, उपाध्यक्ष केदार कोईराला, सचिव कृष्ण बराल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->